२६ जेठ २०८३, मंगलबार

नेकपाका महासचिव भन्छन्- पार्टीमा कुनै विवाद छैन

नेकपाका महासचिव भन्छन्- पार्टीमा कुनै विवाद छैन

काठमाडौँ-  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले पार्टीभित्रका समस्या निराकरणमा केन्द्रित भएको बताउनुभएको छ । 

आफ्नै निवासमा रासससँग कुराकानी गर्दै उहाँले पार्टीभित्रका समस्यालाई चाँडै समाधान गरी पार्टी एकतालाई टुङ्ग्याउने बताउनुभयो । उहाँले दुई पार्टीबीचको एकता ठूलो काम भएकाले केही समय लाग्ने गरेको भन्दै अहिले पार्टी एकतालाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी गराउनुभयो । 

पार्टीभित्र देखिएको विवाद बाहिर सञ्चारमाध्यममा आएजस्तो नभएको उल्लेख गर्दैै पार्टीभित्र कुनै समस्या नभएको उहाँको भनाइ थियो । महासचिव पौडेलले सरकारको कामको परिमाण आउन केही समय लाग्ने भन्दै जनतालाई निराशा नहुन आग्रह गर्नुभयो । उहाँले चाँडै विकास खोज्दा सरकारको स्वाभाविक आलोचना भएको बताउनुभयो । 

“ राजनीतिक, सामाजिक, आर्थिक रुपान्तरणको क्षेत्रमा दशकौं देखिको वेथिति सङ्ग्रह छ”, उहाँले भन्नुभयो, ‘‘त्यसलाई दुरुस्त गर्नका लागि ६–८ महीनाको समयले पुग्दैन । त्यसकारण सरकारले जनताको अपेक्षा पूरा हुने गरी विकासलाई अगाडि बढाउन सकेको छैन ।” 

उहाँले चाँडै नै सरकारले परिमाण आउने गरी जनताको निराशालाई चिर्दै आत्मविश्वास बढाउँदै विकास निर्माण, समृद्धि र सामाजिक न्याय दिने गरी काम अगाडि बढाउनेसमेत बताउनुभयो । 

नेता पौडेलले संविधान कार्यान्वयन भइरहेको भन्दै अबको ध्यान मुलुकको विकास निर्माणमा केन्द्रित हुने धारणा राख्नुभयो । उहाँले सिङ्गो समाज र सबैको सोच बदलेर मुलुकको विकास दू्रतगतिका साथ लैजानुको विकल्प नभएको बताउनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्