२६ जेठ २०८३, मंगलबार

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ताको तयारी

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ताको तयारी

काठमाडौ–सरकारले आन्दोलनरत राहत शिक्षकलाई आन्दोलन स्थगन गरी वार्ताका लागि आह्वान गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सहसचिव तथा वार्ता टोलीका संयोजक सूर्यप्रसाद गौतमले आइतबार विज्ञप्ति जारी गरी राहत शिक्षकलाई आन्दोलन स्थगन गरी वार्तामा आउन आह्वान गरेका हुन् ।

उनका अनुसार आन्दोलन पक्षलाई सोमबार बिहान ८ बजे भक्तपुरको सानोथिमिस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा वार्ताका लागि बोलाइएको छ । आन्दोलन पक्षलाई नेपाल शिक्षक महासङ्घ, शैक्षिक संवाद तथा समन्वय समितिसहित तीन जनाको वार्ता टाली गठन गरी वार्तामा आउन भनिएको छ । राहत शिक्षक सङ्घर्ष समितिले राहत शिक्षकलाई प्रक्रिया पु¥याई स्थायी गर्नुपर्ने माग राखी आन्दोलन गर्दै आएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्