
काठमाडाैं -नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद चुलिदै गएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकताको भावना विपरीत पार्टी एकलौटी ढंगले अगाडि बढ्न खोजेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल लिखित रुपमा नै फरक मत राखेपछि विवादले उग्र रुप लिएको छ ।
पार्टी एकताको विषयलाई लिएर आन्तरिक विवाद चुलिदै गएपछि सांगठानिक एकताको प्रक्रियाले गति लिन सकेको छैन् । असोज ५ गते सचिवालयको बैठकले प्रदेशको इन्चार्ज, सह इन्चार्ज, अध्यक्ष र सचिवको टुंगो लगाएपछि नेकपाभित्र विवाद सुरु भएको छ ।
पार्टी एकता प्रक्रिया टुंगो लगाउन ढिलाई भएसँगै नेताहरुको स्वार्थका कारण विवाद थपिदै गएको छ । पार्टी एकतापछि सचिवालयको बैठकले सांगठनिक एकता प्रक्रिया टुंगो लगाउनका लागि प्रदेशस्तरको कार्यदल गठन गरेको थियो । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।