२६ जेठ २०८३, मंगलबार

खगेन्द्रको ʻजय भोलेʼलाई मल्टिप्लेक्समा उच्च शो

खगेन्द्रको ʻजय भोलेʼलाई मल्टिप्लेक्समा उच्च शो

काठमाडौं– भोलि मंगलबारदेखी प्रदर्शनमा आउने चलचित्र ‘जय भोले’को अग्रिम टिकट बुकिङ खुला गरिएको छ । चलचित्रले मल्टिप्लेक्स हलहरुमा उच्च शो पाएको छ । 

देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स क्यूएफएक्सले राजधानीमा चलचित्रलाई पहिलो दिन कुल २४ सो उपलब्ध गराएको छ । हलमा बुकिङ खुलेसँगै दर्शकहरु आफ्नो टिकट सुरक्षित गर्न लागेका छन् ।  

अशोक शर्मा निर्देशित चलचित्रको कथा खगेन्द्र लामिछानेले लेखेका हुन । चलचित्रमा उनि मुख्य भूमिकामा छन् । चलचित्रमा खगेन्द्रका साथमा सौगात मल्ल, स्वस्तिमा खड्का, बुद्धी तामाङ, सलोन बस्नेत, राजाराम पौडेल, बसुन्धरा भुसाल, लक्ष्मी गिरी, जय नन्द लामा, सुरविर पण्डित लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

ʻयो मायाको सागरʼचलचित्र निर्देशनपछि अशोकले झण्डै बाह्र वर्षपछि ʻजय भोलेʼ निर्देशन गरेका हुन । चलचित्रमा किरन शर्मा, कृति शर्मा र अंकित शर्मा निर्माताको रुपमा रहेका छन् । राजन राज शिवाकोटीको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको चलचित्रमा वान नेपाल स्टन्ट टिमको द्वन्द रहेको छ । पुरुषोत्तम प्रधानको छायाँकन रहेको चलचित्रमा राजु ढुंगानाको सम्पादन छ । चलचित्रको कथा खगेन्द्र लामीछानेले लेखेका हुन ।

कमेडी जनरामा निर्माण भएको चलचित्रको गीत र टे«लरले दर्शकबाट राम्रो प्रतिक्रिया पाइसकेको छ । गत बुधबारबाट प्रदर्शनमा आएको दीपाश्री निरौला निर्देशित चलचित्र ʻछक्का पञ्जा ३ʼ पनि हलमा प्रदर्शनरत छ ।

salt training

कमेन्ट गर्नुहोस्