२७ जेठ २०८३, बुधबार

रोनाल्डोको छोरा उनीजत्तिकै प्रतिभाशाली, गरे गोलै गोल (भिडियो)

रोनाल्डोको छोरा उनीजत्तिकै प्रतिभाशाली, गरे गोलै गोल (भिडियो)

काठमाडौं — सुपरस्टार फूटबलर क्रिस्टियानो रोनाल्डोको छोरा रोनाल्डो जुनियर बुवाकै बाटोमा हिँडेका छन् । रोनाल्डोले एक भिडियो शेयर गर्दै आफ्नो छोराले युभेन्टस युथ टीमका लागि दुई शानदार गोल गरेको देखाएका छन् । 

रोनाल्डो जुनियरले आफ्नो ड्रिब्लिङ स्किल र शानदार शटमार्फत गोल गरेको भिडियोमा देखिन्छ । 

पहिलो गोलमा रोनाल्डो जुनियर दुई डिफेन्डर र गोलकीपर समेत कुल तीन खेलाडीलाई छक्याएर बललाई गोलपोस्टमा पार्छन् । दोस्रो गोल चाहिँ उनले टाढाबाट सजिलै किक गरेर छिराउँछन् ।

रोनाल्डो आफ्नो छोराको क्षमता देखेर दङदास देखिन्छन् । रोनाल्डोको अकाउन्टबाट यो भिडियो लाखौंले हेरिसकेका छन् ।



एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्