
काठमाडौं– दशैंमा मासुको खपत उच्च हुने गरेको छ । दशैं मनाउने धेरै जसो नेपालीको भान्सामा सामुका विभिन्न परिकार पाक्ने गरेको छ ।
दशैंमा मासु अनिवार्य जस्तै भएको छ । ऋण गरेर भएपनि दशैंमा मासु खानु पर्छ भन्ने मानसिकता रहेको छ ।
वर्षेनी काठमाडौं उपत्यकामा हजारौं खसिबोका र च्याङ्ग्राहरु भित्रिने गर्दछन् ।

काठमाडौं उपत्यका नजिकका जिल्ला नुवाकोट, रामेछाम, सिन्धुपाल्चोक, धादिङ, चितवन, मकवानपूर लगाएत तराई र भारतबाट समेत उपत्यकामा खसिबोका र हिमाली जिल्लाबाट च्याङ्ग्रा भित्रिने गरेका छन् ।
उपत्यकामा सरकारी निकायले पनि खसीबोका बेच्ने गरेको छ, यस वर्ष सरकारले विक्रीका लागि ल्याएको खसीबोका बिक्री भइसकेको छ ।
उपत्यकामा अन्य व्यवसायीहरुले पनि खसीबोका विक्री गरिरहेका छन् । भोली अष्टमीको दिन बलीदिने भएकाले खसी बोकाको किनबेच अन्तिम चरणमा पुगेको छ ।
हेरौं केही तस्वीर























