२६ जेठ २०८३, मंगलबार

बिहानै भएको बस दुर्घटनामा ५ जनाको मृत्यु, ५१ घाइते

कात्तिक ४, २०७५
बिहानै भएको बस दुर्घटनामा ५ जनाको मृत्यु, ५१ घाइते
फाइल फोटो

कावासोती – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने कम्तीमा ५१ जना घाइते भएका छन् । 

इटहरीबाट भैरहवाका लागि छुटेको लु१ख ८४५४ नम्बरको बस आइतवार बिहान ५ बजेको समयमा आफैं अनियन्त्रित भई सडकबाट करीब ३५ मिटर तल खस्दा बसमा सवार ५ जनाको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए ।

मृतकको नाम, ठेगाना खुल्न नसकेको उनले बताए । बसको बत्ती मधुरो रहेको र गति तीव्र भएका कारण बस दुर्घटनामा परेको यात्रुलाई उद्धृत गर्दै प्रहरी उपरीक्षक थापाले बताए ।

दुर्घटनामा परी घाइते भएका ४२ जनाको भरतपुर र ९ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्