२७ जेठ २०८३, बुधबार

जीप दुर्घटनामा १ जनाको मृत्यु, १९ घाइते

कात्तिक ४, २०७५
जीप दुर्घटनामा १ जनाको मृत्यु, १९ घाइते

वालिङ – स्याङ्जाको गल्याङ नगरपालिका–७ धराङ्दीमा आइतवार दिउँसो जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । 

गल्याङ नगरपालिका–७ सिरौंसाबाट गल्याङ बजारतर्फ आउँदै गरेको लु१ज ३३८० नम्बरको जीप कच्ची ओरालो बाटोमा ‘ब्रेक फेल’ भई पल्टिँदा गल्याङ–७ बस्ने ३२ वर्षीय रामप्रसाद भण्डारीको मृत्यु भएको हो । 

दुर्घटनामा परी गल्याङ–७ का पुरन सुनार, ललित गुरुङ, भुमा श्रेष्ठ, आनन्द भण्डारी, तीर्थप्रसाद श्रेष्ठ, देवी सापकोटा र गल्याङ–८ बस्ने सङ्गीता खनाललाई गल्याङ हस्पिटलमा प्राथमिक उपचारपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको छ ।

घाइतेमध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्