२६ जेठ २०८३, मंगलबार

दन्तेवाडामा नक्सलवादीको आक्रमणमा पत्रकारको मृत्यु

कात्तिक १३, २०७५
दन्तेवाडामा नक्सलवादीको आक्रमणमा पत्रकारको मृत्यु

भारत- भारतमा सक्रिय नक्सलवादीको आक्रमणमा एकजना पत्रकार सहित केन्द्रीय प्रहरी बल (सीआरपीएफ) का दुईजना जवानको मृत्यु भएको छ ।

मारिएका पत्रकार भारतीय टेलिभिजन संस्था दूरदर्शनका क्यामरापर्सन रहेका छन् । 

दूरदर्शनको टोली र गस्तीमा रहेको प्रहरीको टोलीमाथि अरानपुर जिल्लामा आक्रमण गरिएको प्रहरीले जनाएको छ । आक्रमणमा दुईजना प्रहरी घाइते भएका र उनीहरुलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । 

प्रहरीले उक्त स्थानमा खोजी अभियान सुरु गरिसकेको वरिष्ट प्रहरी अधिकारी पी सुन्दर राजले बताउनुभयो । सुरक्षाफौज र अरु उच्च अधिकारीहरु तत्कालै घटनास्थल पुगेका थिए । एएनआई

salt training

कमेन्ट गर्नुहोस्