२६ जेठ २०८३, मंगलबार

पाँचथरको हेवाखोला पुलमा टेम्पो दुर्घटना, ३ जना घाइते

कात्तिक १३, २०७५
पाँचथरको हेवाखोला पुलमा टेम्पो दुर्घटना, ३ जना घाइते

पाँचथर – पाँचथरको फिदिम नगरपालिका– ४  हेवाखोला पुलमा टेम्पो दुर्घटना हुँदा चालकसहित ३ जना घाइते भएका छन् ।

मेची राजमार्गअन्तर्गत फिदिमबाट हिलिहाङ गाउँपालिका ७ भारपातर्फ जाँदै गरेको को२ह ३६९५ नम्बरको टेम्पो घुमाउरो बाटोमा अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी टेम्पोका चालक इलाम मंगलबारे नगरपालिका– २ भदौरे बस्ने वर्ष २२ को रबिन राई, टेम्पोमा सवार पाँचथर हिलिहाङ गाउँपालिका ७ भारपा बस्ने वर्ष ३५ की प्रेमकला लिम्बू र फिदिम नगरपालिका- ४ थापाटार बस्ने वर्ष ४८ का लोकबहादुर थापा घाइते भएका छन् ।

दुर्घटनाबाट घाइते तीनै जनालाई उपचारका लागि जिल्ला अस्पताल पाँचथर पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्