२६ जेठ २०८३, मंगलबार

सिटी एक्सप्रेसको ‘लखपति एक्सप्रेस’ योजनाको पहिलो महिनाका विजेता घोषित

कात्तिक १४, २०७५
सिटी एक्सप्रेसको ‘लखपति एक्सप्रेस’ योजनाको पहिलो महिनाका विजेता घोषित

काठमाडौं – सिटी एक्सप्रेसको ‘लखपति एक्सप्रेस’ उपहार योजना अन्तर्गत लक्की ड्रमार्फत् पहिलो महिनाको विजेता घोषणा गरेको छ ।

उपभोक्ताले दैनिक २ सय रुपैयाँको मोबाइल टपअप १२ जनाले जित्न सक्ने, साप्ताहिक रुपमा ३ जना विजेताले १० हजार रुपैयाँ र हरेक महिना लक्की ड्रमा विजयी हुने १ जनाले १ लाख रुपैयाँ जित्न सक्ने, उपहार योजनाको अन्त्यमा १ जना भाग्यशाली विजेताले बम्पर उपहार र सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालि १२ औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा १२ लाख रुपैयाँ जित्न सक्ने घोषणा भएको थियो ।

अफर असोज १ गतेदेखि मंसिर २९ गतेसम्म लागू हुनेछ । यो अवधिभर सिटी एक्सप्रेसमार्फत् मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । उपहार योजना अवधिमा हालसम्म दैनिक उपहार योजना अन्तर्गत ४३ जनाले २ सयको मोबाइल टपअप, साप्ताहिक रुपमा १५ जना विजेताले १० हजार रुपैयाँ जितिसकेका छन् ।

ती सबै उपहार विद्युतीय लक्की ड्रमार्फत् विजेता छनौट गरिएको थियो । हालै गरिएको उपहार घोषणा अन्तर्गत कोरियाको जी मनी ट्रान्स (सिटी एक्सप्रेसको सहायक संस्था) बाट पैसा पठाई पहिलो महिनाको १ लाख रुपैयाँको मासिक लक्की ड्र«मा परी वासु थापा क्षेत्री विजेता घोषित भएका छन् । 

सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा कार्यक्रमको आयोजना गरी नगद पुरस्कार कम्पनीमा आयोजित समारोहबीच कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनले वितरण गरे ।

salt training

कमेन्ट गर्नुहोस्