२७ जेठ २०८३, बुधबार

निर्मला हत्याको १०० दिन : बाबु भन्छन्–हामीलाई पनि खतरा छ

कात्तिक १६, २०७५
निर्मला हत्याको १०० दिन : बाबु भन्छन्–हामीलाई पनि खतरा छ

काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या भएको आज १०० दिन पूरा भएको छ । 

गत साउनमा साथीको घर जाने भन्दै हिँडेकी उनको  भोलिपल्ट घर नजिकैको उखुबारीमा शव भेटिएको थियो ।

 प्रहरी अनुसन्धानमा उनको बलात्कारपछि हत्या भएको खुलेपनि हत्याको १०० दिन पुग्दा समेत दोषी पत्ता लाग्न सकेको छैन । 

यसैबीच निर्मलाका बाबु यज्ञराजले दोषीलाई अहिलेसम्म पनि कारबाही हुन नसक्नु दुःखद भएको भएको छन्  । उनले छोरीको हत्यारालाई  कारबाही हुनुको साटो उल्टै आफूहरुलाई पनि सुरक्षा खतरा देखिएको बताएको खबर राजधानी दैनिकले छापेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्