पुस १९, २०८०
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
दुर्गाको प्रसाद र ठूलाहरूबाट आशीर्वाद ग्रहण गर्दै रमाइला परिकारको स्वाद, आफन्त र दौंतरीहरूबीचको भेटघाट, रझझमका साथ दशैंलाई बिदा गरियो । अब तिहार र छठ पर्वमा फूल, दीपावली र मिठाइका साथ अझ रमाइलोसँग बिताउन सबै लालायित छौं ।
झनै बालबालिका फूल, झिलिमिली बत्ती, मिठाइ, देउसी–भैलोका साथमा आफैं सहभागी भएर दिदी–भाइका बीचमा टीका थाप्न उत्साहित छन् । देवी÷देवता, सूर्य, पानी, जनावरहरूदेखि हरेक प्रकृतिको साथ आफैंले आफैंलाई पूजा गर्दै तिहार र छठ पनि सकिन्छ । यी विशेष चाडपर्वमा सम्पूर्णमा शुभकामना ।
चाडपर्व, विशेष अवसर तथा बिदाहरूमा मूलतः ठूला मानिसहरू आफ्नै ढंगले रमाउँछन् । विशेष तयारीका साथ योजनाबद्ध रूपमा चाडपर्वहरू हर्षोल्लासका साथ मनाइन्छ । हप्ताभरिको कामको थकान मेटाउने बिदाको दिनलाई पनि रमणीय बनाइन्छ । यो आफैंमा मनमा शान्ति र आनन्दका साथ थकान मेटाउने सुनौलो अवसर हो । हामीले यसरी रमाइलो गरिरहँदा आफ्ना छोराछोरीको लागि के–कस्ता रमाइला क्षण सिर्जना गर्छौं ?
हामी रमाइरहँदा उनीहरू हाम्रो रमाइलोमा कसरी रमाउने गरेका छन् ? पछिल्लो समय रमाइलो भन्नासाथ मदिरा, धूम्रपान, जुवा–तासलाई धेरैले प्राथमिकतामा राखेको देखिन्छ । यसका साथै आफ्नै घरमा स्वस्थकर खाना बनाउनाका साटो बजारका तयारी मिठाइ र प्याकेटका खानाले घरलाई ढपक्कै ढाकेको हुन्छ । यसैमा अभिभावकहरू रमाइरहँदा बालबालिका केमा रमाउने ? मदिराको साथमा अभिभावकहरूले जंक फूडहरूलाई विशेष परिकारको रूपमा प्रयोगलाई प्राथमिकता दिएका हुन्छन् ।
कहिल्यै चुरोट नखाने आफ्नो रोलमोडल अभिभावक मदिराको नशाका साथ चुरोट पिउँदै आफैंमा गौरव अनुभूति गर्छन् । यसभन्दा अगाडि बढेर मदिराको नशामा कसलाई के भन्ने र के बोलेका छौं, त्यो पनि ख्याल नराख्ने अवस्था पनि कहीँ कतै देख्न र सुन्न पाइन्छ । केही अभिभावकहरूले त बालबालिकालाई चक्लेटको आशामा मदिरा र चुरोट किन्न पठाउने गरेको पनि देख्न पाइन्छ । यसबाट उनीहरूले के शिक्षा लिने ?
ठूलाहरूले यसरी रमाइलो गरिरहँदा बालबालिकाको कलिलो मानसिकतामा के कस्तो असर परिरहेको होला ? यसरी अभिभावकहरू रमाइरहँदा कतै छोराछोरीलाई पूर्ण रूपमा बिर्सिरहेका त छैनौं ? हामीले उनीहरूलाई सम्झाउँदा भन्ने कुरा र हाम्रो व्यवहारलाई बालबालिकाले कसरी बुझ्ने ?
धेरैको परिवार एउटै कोठामा गुजारा चलाउँछन् । उनीहरूसँग अर्काे कोठा छैन । बिदाको दिन एउटै कोठामा साथीहरू जम्मा भएर बालबालिकाकै अगाडि नशाको तालमा झगडा र अभद्र व्यवहारसम्म देखाउन पुग्दछन् । यस्ता गतिविधिबाट बालबालिकालाई टाढा राख्ने प्रयत्न गरौं । आफ्ना छोराछोरीलाई सभ्य, अनुशासित बनाउने सबै अभिभावकको चाहना हो । बालबालिकाले पहिलो आइडलको रूपमा तपार्इं अभिभावकहरूलाई लिएका हुन्छन् । उसले तपाईंहरूको पदचाप पक्रन चाहिरहेको हुन्छ । त्यसैले उसका अगाडि गरिएका हरेक व्यवहारले उसलाई प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ ।
त्यसकारण हामी अभिभावकहरूले चाडपर्व वा अन्य कुनै पनि अवसरहरूमा रमाउँदा सधैं बालबालिकाको लागि पनि खुशी हुने र उनीहरूका लागि उपयुक्त वातवरणको तयारी गर्न ख्याल गर्न सकेमा हामी र हाम्रा बालबालिकाले संंस्कार, संस्कृति र सामाजिक मूल्यमान्यता सिक्दै तपाईं हामीले कल्पना गरेका आदर्श व्यक्ति बन्न सहयोग पुग्थ्यो कि ?
हामी जसरी समूहमा रमाउँदा जेजस्ता परिकारहरूलाई प्राथमिकतामा राखेर रमाउँछौं, त्यही सिको गर्दै सुनौलो वयका किशोर किशोरीले पनि त्यसैलाई अनुसरण गर्ने गरेका छन् । जब सोही कार्य किशोर–किशोरीले गर्न थाल्छन् अनि हामीलाई पनि असह्य हुन्छ । त्यसैले हामी रमाउँदा बालबालिकाको लागि पनि रमाउने र सुखी हुने वातावरण तयार गरौं । हाम्रो रमाइलोमा उनीहरूलाई र उनीहरूको रमाइलोमा हामी पनि रमाउने केही गतिविधिहरू गर्ने गरौं ।
यहाँ प्रश्न उठ्न सक्छ – ठूलाहरू नरमाउने त ? अवश्य रमाउने ! समय र परिस्थितिको व्यवस्थापन गर्दै रमाइरहँदा बालबालिकालाई पूर्ण रूपमा बेवास्ता गरिएको नहोस् । तिहार, छठ, नयाँ वर्ष लगायतमा आ–आप्mनो आर्थिक अवस्था अनुसार बालबालिकालाई प्राथमिकतामा राखेर उनीहरूलाई पनि उपयुक्त हुने खेल र खानेकुराका साथमा पारिवारिक, सामाजिक र धार्मिक सद्भावलाई मद्देनजर गर्दै आफ्नो साथमा बालबालिकालाई खुशी राख्ने गतिविधिलाई प्राथमिकता दिऔं ।
बालबालिकालाई पनि सहभागी गराएर रमाउने विभिन्न तरिकाहरूको उपयोग गरौं । अभिभावकको साथमा बालबालिकालाई पनि खुशी हुने अवसरको सिर्जना गरौं ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...