काठमाडौं- मंसिर २८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘सुश्री सम्पति’मा समावेश दोस्रो गीत सार्वजनिक गरिएको छ ।
सार्वजनिक ‘झुम्की’बोलको गीतको भिडियोमा नायिका प्रियंका कार्की, सलोन बस्नेत, बिनोद न्यौपाने र प्रमोद अग्रहरीको अभिनय छ ।
सुरेश अधिकारीको शब्द÷संगीत रहेको गीतमा मिना निरौला र राजन इशानको स्वर छ । भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन ।
सुव्रत आचार्यको निर्देशनमा तयार भएको चलचित्रमा सलोन बस्नेत, सारा सिर्पाली, बिनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेल, जयानन्द लामा लगायतको अभिनय छ ।