२६ जेठ २०८३, मंगलबार

काठमाडौंबाट हतियारसहित २ जना पक्राउ

काठमाडौंबाट हतियारसहित २ जना पक्राउ

काठमाडौं– काठमाडौंमा हतियार र लागू औषधसहित २ जना पक्राउ परेका छन् । 

भक्तपुरबाट काठमाडौंतर्फ लागू औषध तस्करी गर्ने २ जना व्यक्ति काठमाडौंको जडिबुटीबाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सार्लाहीको लालबन्दी घर भएका २७ वर्षीय मनपुर चौधरी सोही ठाउँमा बस्ने वर्ष २७ कै भुवन परियार छन् । 

उनीहरुको साथबाट लागू औषध नाईट्रभेट ८ सय ४० ट्याबलेट र १ थान रिभल्वर फेला परेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी बृत्त वानेश्वर, प्रहरी प्रभाव कोटेश्वर र प्रहरी प्रभाव काँडाघारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी लागू औषध र हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) होमिन्द्र बोगटीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्