
काठमाडौं–तत्कालीन बिद्रोही नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता भएको आज १२ वर्ष पुगेको छ ।
तत्कालीन प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्झौतामा हस्ताक्षर गरेक थिए ।
शान्ति सम्झौता मार्फत माओवादी सशस्त्र बिद्रोह त्यागेर शान्तिपूर्ण राजनीतिमा अवतरण गरे पनि शान्ति प्रक्रियाका बाँकी काम पूरा भएका छैनन् । बेपत्ता छानविन र सत्य निरुपण तथा मेलयमिलाप आयोग गठन भएपनि उनीहरुले काम सम्पन्न गर्न नसक्दा द्वन्द्व पीडितले न्याय पाउन सकेका छैनन् ।
शान्ति सम्झौता मार्फत शान्त्पिूर्ण राजनीतिमा अवतरण गरेको माओवादी पटक पटक सरकारमा सहभागि भइसके पनि द्वन्दका अवशेष भने बाँकी नै छन् ।