२६ जेठ २०८३, मंगलबार

मलेसियाको कलिङ्ग भिसामा स्ट्याम्पिङ भएको छैन : श्रम मन्त्रालय

मलेसियाको कलिङ्ग भिसामा स्ट्याम्पिङ भएको छैन : श्रम मन्त्रालय

काठमाडौं– सरकारले मलेसियासँग भएको श्रम समझदारी अनुसार सहमति भएका विषयमा प्रक्रियागत हिसावले अन्तिम टुंगो लगाउने काम भइरहेको बताएको छ । 

मलेसियासँग श्रम सम्झौता भएपछि कलिङ्ग भिसा आएकाको स्ट्याम्पिङ (छाप लगाउने) काम भइरहेको भन्ने हल्ला चलेपछि सरकारले अहिले प्रक्रियागत हिसावले सहमति भएको विषयबारे अन्तिम टुंगो लगाउने काम भइरहेको बताएको छ । 

कलिङ्ग भिसा आएकाको हकमा मात्रै नभइ नयाँ जाने कामदारको हकमा पनि नेपाल र मलेसिया सरकारले अन्तिम निर्णय गरेपछि मात्रै टुंगो लाग्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले बुधवार एक विज्ञप्ती जारी गर्दै कलिङ्ग भिसा आएको स्ट्याम्पिङ भइसकेको भन्ने विषय हल्ला मात्रै भएकाले त्यसका पछि नलाग्न सबैलाइ अनुरोध गरेका छन् । 

प्रवक्ता रेग्मीले श्रम समझदारी अनुसार सहमति भएका विषयमा प्रक्रियागत हिसावले अन्तिम टुंगो लगाएर सार्वजनिक सूचनामार्फत सबैलाई जानकारी गराइने जनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्