२६ जेठ २०८३, मंगलबार

मेनुकालाई भारतीय रियालिटी शो जिताउन आर्थिक सहयोग संकलन

मेनुकालाई भारतीय रियालिटी शो जिताउन आर्थिक सहयोग संकलन

बनियानी –भारतीय रियालिटी शो ‘सारेगम’मा विजयी गराउन झापा हल्दिबारी–४ की न्यून दृष्टियुक्त गायिका मेनुका पौडेललाई आर्थिक सहयोग प्रदान गरिएको छ । 

आर्थिक अभावकै कारण प्रतियोगितामा हार्नु नपरोस् भन्ने उद्देश्यले पौडेललाई हल्दिबारी–४ का वडा सदस्य महेशलाल मेचेको नेतृत्वमा वडा कार्यालयबाट रु ६१ हजार सङ्कलन गरी प्रदान गरिएको हो ।

पौडेल गत वर्ष एपी वन टेलिभिजनको नेपाल आइडलको टप ११ मा पर्न सफल भएकी थिइन् ।

हाल गायिका पौडेल सारेगममा लाखौँ प्रतियोगीलाई पछि पार्दै टप १३ मा परेकी छन् ।

प्रतियोगितामा क्षमतासँगै भोटिङ आवश्यक पर्ने भएकाले उनलाई जिताउन आर्थिक सङ्कलन अभियान सञ्चालन गरिएको वडासदस्य मेचेले बताए ।

salt training

कमेन्ट गर्नुहोस्