असोज १, २०८०
काठमाडौं — गोलभेंडाले खानाको स्वाद बढाइदिन्छ र यसमा स्वास्थ्य बढाउने तत्त्व पनि भरपूर हुन्छ । सूप, सलाद र अचारमा गोलभेंडा उपयुक्त हुन्छ अनि यसले छालाको चमक पनि बढाइदिन्छ । गोलभेंडामा भएको ...
काठमाडौं-गर्भवती भएको बेलामा महिलाहरूलाई धेरै पानी पिउन मन लाग्छ । शरीरमा पानीको स्तर कायम राख्न गर्भवती महिलाले धेरै पानी पिउनुपर्ने हुन्छ ।
त्यसैले घरबाट बाहिर निस्केको बेलामा उनीहरू बोतलमा पानी भरेर लैजान्छन् । तर प्लास्टिकको बोतलबाट पानी पिउनु हानिकारक हुन्छ ।
एक अध्ययनका अनुसार गर्भवती महिलाले प्लास्टिकको बोतलबाट पानी पिउँदा गर्भको बच्चालाई समेत नराम्रो असर पुग्छ । प्लास्टिकले महिलाहरूमा हर्मोन परिवर्तन गराउँछ जसका कारण बच्चालाई असर पर्छ ।
क्यानाडाको युनिभर्सिटी अफ ओटावाले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनका अनुसार प्लास्टिकको बोतल बनाउँदा प्रयोग गरिने बिसफेनलले गर्भवती महिलाको भोक नियन्त्रण गर्ने हर्मोनमा असर गर्छ ।
लामो समयसम्म प्लास्टिकको बोतलबाट पानी पिउँदा महिलाहरूलाई कम भोक लाग्छ र उचित भोजनको अभावमा गर्भमा रहेको बच्चालाई पोषण पुग्दैन । बच्चाको मानसिक विकासमा पनि यसले नराम्रो असर गर्छ ।
बिसफेनल रसायनले गर्भवती महिलाको शरीरमा ऊर्जा र हर्मोनको सन्तुलनलाई प्रभावित गर्छ । यसका कारण गर्भवती महिलामा अनावश्यक परिवर्तन आउँछ र त्यसको प्रभाव बच्चामा पर्छ ।
यसअघि लन्डन विश्वविद्यालयको कलेजले गरेको अनुसन्धानले पनि प्लास्टिकको बोतलमा पानी हालेर घाममा छोड्दा त्यो विषालु हुने देखाएको थियो । यस्तो पानी पिउँदा पेटसम्बन्धी रोगका साथसाथै क्यान्सरको पनि खतरा हुन्छ ।
एजेन्सीको सहयोगमा
काठमाडौं — गोलभेंडाले खानाको स्वाद बढाइदिन्छ र यसमा स्वास्थ्य बढाउने तत्त्व पनि भरपूर हुन्छ । सूप, सलाद र अचारमा गोलभेंडा उपयुक्त हुन्छ अनि यसले छालाको चमक पनि बढाइदिन्छ । गोलभेंडामा भएको ...
पहिलेको जमानामा माटोको भाँडोमा खाना पकाइन्थ्यो तर आजकल जमाना बदलिँदै जाँदा मानिसहरू नयाँ भाँडाकुँडामा खाना पकाउन थालेका छन् । खाना पकाउनका लागि पीतल, काँस, चाँदी, फलाम, आलुमिनियम, स्टील र ननस्टिक कूक...
काठमाडौं– हामी सबै यही सोच्छौं कि कुनै पनि खाद्यपदार्थ फ्रिजमा राख्दा ताजा रहन्छ र बासी हुँदैन । तर कुनै खाद्यपदार्थ यस्तो हुन्छ जुन फ्रिजमा राख्दा घातक सिद्ध हुन्छ । हालै गरिएको एक अध्ययनका अनुसार...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सकमाथि दुव्र्यवहार तथा स्वास्थ्य संस्थामा आक्रमण गर्ने व्यक्तिलाई कारबाही हुने कानूनी व्यवस्थासम्बन्धी जानकारी समेटिएको सूचना पाटी राख्न सबै स्वास्थ्य संस्थालाई परिपत्र गरेको छ । ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...