
काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश कमिटीका सदस्यहरुको नाम टुंगो लगाएको छ ।
बुधबार साँझ बसेको पार्टी सचिवालय बैठकले प्रदेश कमिटीका सदस्यहरुको नामावली टुंगो लगाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठले केन्द्रीय सदस्यको कार्यविभाजनका विषयमा भने टुंगो लाग्ने बाँकी रहेको बताए ।
यसबारे बिहिबार फेरि बैठक बसेर मिल्न बाँकी विषयमा टुंगो लगाइने जानकारी दिए । यस्तै जनवर्गाीय संगठनको एकीकरण सम्बन्धमा पनि पार्टीले निर्णय गर्न बाँकी रहेको छ ।
नेकपाभित्रको विवादका कारण केन्द्रीय सदस्यको कार्यविभाजनमा सकस हुँदै आएको छ ।