२६ जेठ २०८३, मंगलबार

१० अर्बको लगानीमा ४५ मेगावाटको कसुवाखोला जलविद्युत् आयोजना बन्ने

मंसिर १४, २०७५
१० अर्बको लगानीमा ४५ मेगावाटको कसुवाखोला जलविद्युत् आयोजना बन्ने
सा‌ंकेतिक तस्बिर

काठमाडौँ– सङ्खुवासभाको मकालु गाउँपालिकामा ४५ मेगावाट क्षमताको कसुवाखोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । 

नेपाल विद्युत् प्राधिकरण र कसुवाखोला जलविद्युत् आयोजनाको प्रवद्र्धक सिइडिबी हाइड्राे  फण्डको सहायक कम्पनी कसुवाखोला जलविद्युत् कम्पनीबीच आज विद्युत् खरीद सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कसुवाखोलाका प्रबन्धक सुस्मित शर्मा भट्टराईले हस्ताक्षर गरेका छन्। आयोजनाबाट उत्पादित विद्युत् वर्षाको समयमा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसामा प्राधिकरणले खरीद गर्नेछ । 

आयोजनाको कूल लागत रु १० अर्ब रहनेछ । आयोजनालाई अर्धजलाशययुक्त बनाउने प्रवद्र्धकले जनाएको छ ।

चालू आर्थिक वर्षको अन्त्यसम्म वित्तीय व्यवस्थापन गरेर निर्माणमा जाने तयारी प्रवद्र्धकले गरेका छन् । सो आयोजनाबाट २५९.५९२ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ ।

आयोजनाबाट उत्पादित विद्युत् कसुवा–तुम्लिङटार १३२ केभी क्षमताको प्रसारण लाइनमार्फत प्राधिकरणको तुम्लिङटार सबस्टेशनमा जोडिने छ । 

salt training

कमेन्ट गर्नुहोस्