२६ जेठ २०८३, मंगलबार

हुआवेकी मेङलाई रिहा नगरे खतरनाक परिणाम भोग्नुपर्ने चीनको चेतावनी

मंसिर २३, २०७५
हुआवेकी मेङलाई रिहा नगरे खतरनाक परिणाम भोग्नुपर्ने चीनको चेतावनी

काठमाडौं — क्यानडाले पक्राउ गरेको हुआवेकी वरिष्ठ कर्मचारी मेङ वान्चोलाई रिहा गर्न वा दुष्परिणाम भोग्न चीनले चेतावनी दिएको छ । 

परराष्ट्र राज्यमन्त्री ले युचेङले क्यानडाली राजदूतलाई बोलाएर कडा विरोध जनाएको एक वक्तव्यमा उल्लेख गरिएको छ । 

मन्त्रालयले मेङको पक्राउ अत्यन्तै खराब काम भएको बतायो । 

मेङ हुआवेकी प्रमुख आर्थिक अधिकारी तथा कम्पनीका संस्थापककी छोरी हुन् । इरानमाथि अमेरिकाले लगाएको प्रतिबन्धको उल्लंघन गरेको आरोप उनीमाथि लगाइएको छ । 

उनलाई अघिल्लो शनिवार भ्यानकूभरमा पक्राउ गरेर अमेरिका सुपूर्दगी गर्न लागिएको छ । त्यहाँ उनी दोषी ठहर भइन् भने ३० वर्ष कारावास सजाय भोग्नुपर्ने हुन्छ । 

उनले कुनै पनि कानून नतोडेको चीनले जोड दिएको छ । 

शुक्रवार मेङ क्यानडाली अदालतमा उपस्थित भइन् । उनलाई धरौटीमा रिहा गर्ने कि नगर्ने भन्ने विषयमा अदालतले सोमवारसम्मका लागि फैसला सुरक्षित राखेको छ । 

मेङले हुआवेको शाखा कम्पनी स्काईकम प्रयोग गरेर सन् २००९ देखि २०१४ सम्म इरानविरुद्ध लगाइएको प्रतिबन्धलाई छलेको ब्रिटिश कोलम्बियाको सर्वोच्च अदालतलाई बताइयो । 

उनले स्काईकम फरक कम्पनी भएको भनी सार्वजनिक रूपमा गलत प्रतिनिधित्व गरेको अदालतलाई बताइयो । 

मेङको पक्राउले अमेरिका र चीनबीचको सम्बन्धलाई थप समस्यामा पारेको छ । यी दुई देश व्यापार विवादमा फसेका छन् र शनिवार उनीहरूले ९० दिनको युद्धविराम गरेका थिए । त्यतिखेर मेङ पक्राउ परेको खबर सार्वजनिक
भएको थिएन । 

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्