पुस १९, २०८०
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
जनकपुरधामस्थित जिरोमाइल चोकमा चिया खाँदै थिएँ । नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरू आएर विद्युतको पोलमा झुण्ड्याएको बल्बको लाइन काट्न थाले । त्यहीबेला उक्त वडाका निर्वाचित अध्यक्ष रामजानकी साह आएर कर्मचारीलाई अनुरोध गर्दै फर्काए र लाइन काट्न दिएनन् । पछि खोतल्दै जाँदा ऊर्जा मन्त्री वर्षमान पुनको ठाडो आदेशमा सरकारी पोलमा लगाइएको बत्ती काट्ने कार्य भइरहेको रहेछ ।
सरकारको यस कदमलाई विरोध गर्नु जायज पनि नहोला । यद्यपि हिन्दूहरूको महान् पर्व विवाहपञ्चमी यसै महिनाको २६ गते परेको छ । जनकपुरमा लाखौं श्रद्धालुको घुइँचो लाग्छ, भारत र नेपाल दुवै देशबाट । अनि कसरी सरकार असंवेदनशील हुनसक्छ ? विवाहपञ्चमीपश्चात् बल्बहरू हटाउँदा के बिग्रन्थ्यो ? चर्चाको विषय बन्न पुगेको छ अहिले जनकपुरधाममा । कतै यो एसिया प्यासिफिक एक्सचेन्ज कोअपरेसन फाउन्डेसनद्वारा भर्खर सम्पन्न ‘डिफ्याक्टो इसाइ महासभा’को प्रभाव त होइन ?
भनिन्छ, कम्युनिस्टहरू धर्मकर्ममा विश्वास गर्दैनन् । तर नेपालका कम्युनिस्टहरूको धर्मप्रति धारणा विचित्रको छ । उनीहरू शायद हिन्दू धर्मसँग परहेज राखेर मात्र सेकुलर हुन सकिन्छ भनी ठान्दा हुन् किनकि नेपालमा इसाइ धर्मको प्रचारप्रसार त यिनै नेताहरूले गर्ने माहोल बनाइदिएका छन् ।
तत्कालीन नेकपा एमालेको डोनर एजेन्सीमा राम्रो पकड रहेको चर्चा आमजनमाझ लुकेको छैन । गाविसदेखि देशको राजधानीसम्मको सामाजिक, आर्थिक एवं राजनीतिक गतिविधिहरूमा जानकार एक आम नेपालीभन्दा बढी नेपालमा आईएनजीओ खोलेर बसेका विदेशीहरू हुन्छन् । र त एनजीओ÷आईएनजीओमा तत्कालीन एमालेको पकड छ । त्यस्ता गैरसरकारी संस्थाहरूमा पार्टीका कार्यकर्तालाई जागिर खान छिराइन्छ र चुनावको बेला मिसनरीको रूपमा प्रयोग गरिन्छ ।
धर्मलाई अफिमको संज्ञा दिने कम्युनिस्ट नेताहरू स्वयं आफ्नो अनुकूलतानुसार धर्मको बर्को ओढिहाल्छन् । भर्खर सम्पन्न एसिया प्यासिफिक समिटको पनि चर्चा शिखरमा पुगेको छ । यसबाट देश विकासमा टेवा पुग्छ भन्ने तर्क सरकार पक्षबाट सुन्न पाइन्छ भने यसले फगत देशलाई इसाइकरणको बाटोमा डोहोर्याउने हो भन्ने सरकारइतर पक्षको भनाइ छ ।
नेपालमा अहिले तीन तहको सरकार छ । सबैसँग बजेट छ । बजेट खर्च नभएकै कारण रकम फ्रीज भएका समाचार पढ्दा मन खिन्न भएर आउँछ । आमजनताको करको सदुपयोग हुन पाउँदैन नेपालमा । तर पाँचतारे होटेलहरूमा वर्कशप, कन्फेरेन्स अनि सेमिनारहरूमा करोडौं खर्च हुन्छ ।
भनिन्छ, जुन देशको ठोस अर्थनीति हुँदैन उक्त देशमा विकासका बहस सुन्नुपर्दा उदेक लागेर आउँछ । नेपालको संविधानमा समाजवादउन्मुख शब्दको प्रयोग गरिएतापनि त्यसको लक्षण भने देखिएको छैन । दलाल पूँजीवादको बिगबिगी छ नेपालमा । र दलाल पूँजीवादीहरू जहिले पनि सरकारका मतियार नै हुन्छन् । ती एलिट हुन्छन् । गरीब देशका जनता एलिट बन्न पनि सौखिन हुन्छन् । र गैरसरकारी संस्थाहरूले नेपाल जस्ता देशमा आफ्नो स्वार्थसिद्धिका निमित्त हात्तीछाप चप्पल लगाउने हैसियत नभएकाहरूलाई हात्तीमा यात्रा गर्न सक्षम बनाउँछन् पहिला ।
विदेशी छात्रवृत्तिको जोहो मिलाइन्छ अनि छात्रवृत्तिमा पढेर फर्किएकाहरू ‘पोलिसी इन्टरभेन्सन’ गर्नसक्ने हैसियतमा आइसकेपश्चात् आआफ्ना एजेन्डाको संवैधानिकीकरण गर्न दबाब दिन्छन् । यो यथार्र्थ हो । एसिया प्यासिफिक समिटबाट आउने भनेको केही थान एलिट नै होला । र अस्तित्वमा रहेका एलिटहरू महाएलिट बन्ने पक्का छ । र यस्ता परियोजनाहरूलाई धर्मसँग जोडियो भने विवादरहित तवरबाट स्वार्थसिद्धि हुन्छ ।
धर्मको राजनीति हुनुहुँदैन अपितु राजनीतिमा धर्म पैदा गर्नुपर्छ । तर नेपालमा अहिले धर्मको नाममा आफ्नो राजनीति अगाडि बढाउनेहरूको कमी छैन । जनकपुरधाममा आजभोलि विभिन्न रथयात्रा, साधुसन्तको सम्मेलन, हिन्दूवादी संगठनहरूको भेला सामान्य जस्तो लाग्न थालेको छ । हुन त विभिन्न धाममध्ये एक प्रसिद्ध धाम हो जनकपुर । आदिकालदेखि नै जनकपुर हिन्दूहरूको आस्थाको थलोको रूपमा परिचत छ नै । तर जनकपुरमा इसाइहरूको आवागमन र प्रभाव पर्न थालेको छ । यस शहरका आलिशान होटलहरूमा कहिलेकाही वास बस्ने हो भने धेरै कुरा प्रस्ट हुन्छ ।
धर्मप्रतिको आस्था आ—आफ्नै हुन्छ जुन स्वाभाविक हो । नेपालको संविधानमा धर्मनिरपेक्षतालाई गोलमटोल तरिकाले लेखिएकाले पनि नेपालमा भद्रगोलको अवस्था सिर्जना भएकै हो । व्यक्तिले आफ्नो धर्म स्वेच्छाले परिवर्तन गर्नसक्ने संविधानले भनेको छ । तर जबर्जस्ती वा फकाईफुलाई धर्म परिवर्तन गराउन कसैले लगायो भने त्यसलाई अपराध मानिने प्रावधानको पनि व्यवस्था छ । तर जबर्जस्ती धर्म परिवर्तन गराएको घटना त्यति सुनिँदैन । अनि नेपालमा इसाइको संख्यामा बढोत्तरी भइरहेको तथ्य पनि लुकेको छैन कसैबाट ।
धर्मपरिवर्तन गराउने मिसनरीहरूले काइते तरिकाको प्रयोग गरिरहेका हुन्छन् जसको चर्चा हुनु आवश्यक छ । उनीहरू आर्थिक हिसाबले विपन्न वर्गलाई लक्षित गर्छन् । र त्यसलाई धर्मपरिवर्तनको निमित्त ‘परसुएड’ गर्छन्, ‘कन्भिन्स’ मात्र होइन । कन्भिन्स गर्ने हो भने त्यसमा हरेक कुरा प्रस्ट गरी राखिन्छ । परसुएसनमा आफ्नो स्वार्थसिद्धिका लागि एकले अर्कालाई परोक्ष दबाब पनि दिएको हुन्छ, लोभलालच त भइनैहाल्यो । यसबारे अर्को आलेख लेख्ने नै छु ।
समग्रमा भन्दा, अहिले नेपालमा सुस्तरी विस्तारित भइरहेको धर्मको नाममा राजनीतिमा लगाम लगाउनुपर्छ । सरकारलाई यसको बोध हुनु आवश्यक छ । आर्थिक लाभको लागि सरकार स्वयंले धर्मको बर्को ओढ्ने हो भने नेपालको मौलिकता कसले जोगाउने ?
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...