२७ जेठ २०८३, बुधबार

करोडौं पैसा उठाएर विराटनगरका सुन व्यापारी फरार

मंसिर २४, २०७५
करोडौं पैसा उठाएर विराटनगरका सुन व्यापारी फरार

विराटनगर – विराटनगरका एक सुन व्यापारी ग्राहक र बैंकको करोडौं रुपैयाँ ऋण लिएर भागेका छन् ।

विराटनगरको जलजला चोकमा सुन पसल सञ्चालन गर्दै आएका शिशु भन्ने सन्तोषकुमार बेगवानी करोडौं रुपैयाँ ऋण लिएर भागेका हुन् ।

तीन वटा बैंकको करीब २७ करोड रुपैयाँ तथा सर्वसाधारण र व्यापारीको करीब १५ करोड रुपैयाँ लिएर ॐ लक्ष्मी ज्वेलर्स सञ्चालन गर्दै आएका सन्तोषकुमार वेगवानी भागेका हुन् । विराटनगरमा उनका बुवा स्वर्गीय जतनलाल बेगवानीले  करीब ५० वर्ष अघिदेखि सुनको कारोबार शुरू गरेका थिए ।

जतनलालका ३ छोरामध्ये २ छोराले बुबाले खोलेको महालक्ष्मी ज्वेलर्सको नाममा जलजला चोक र मेनरोडमा सुन पसल सञ्चालन गरिरहेका छन् । दाजुसँग छुट्टिएर ॐ लक्ष्मी ज्वेलर्स सञ्चालन गरेका बेगवानी पछिल्लो समय करोडौं रुपैयाँ लिएर परिवारसहित भागेका हुन् ।

करीब ५७ वर्षीय बेगवानीका ३ छोरामध्ये कान्छा छोरा कुलदिप बैङ्लोरमा व्यापार गर्दै आएका छन् । जेठा प्रदिपकुमार र माइला सन्दीप भने उनीसँगै विराटनगरमा बस्दै आएका थिए ।

विराटनगरमा ब्यापार डुबेपछि बेगवानी परिवारसहित भारत प्रवेश गरेको पारिवारिक स्रोतले जनाएको छ । केही वर्षयता ऋणमा डुबेका बेगवानीले व्यापारी र सर्वसाधारणबाट पनि मोटो रकम उठाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्