
श्रीनगर– शङ्कास्पद विद्रोहीले भारत प्रशासित काश्मिरमा एक प्रहरी चौकीमा आक्रमण गर्दा कम्तीमा चार प्रहरी अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । सेनाले सुरक्षा कारबाईमा काश्मिर आन्दोलनरत विद्रोहीको निकट मानिने दुई किशोरहरू उनीहरूको प्रभाव क्षेत्र काश्मिरको दक्षिणी भागमा मारिएका थिए ।
विद्रोहीले उक्त सुरक्षा कारबाहीमा मरेका दुई किशोरको मृत्युको बिषयलाई लिएर प्रहरी चौकीमा आक्रमण गरिएको हुनसक्ने बताइएको छ । सन् २००९ पछि जानपोरा ग्रामिण क्षेत्रमा प्रहरीलाई लक्षित गरी भएको यो सवैभन्दा ठूलो रक्तपातपूर्ण घटना हो । आक्रमणकारीले प्रहरीको चार वटा राइफलसमेत लुटेर लगेका छन् ।
“विद्रोहीको आक्रमणबाट तीन प्रहरी अधिकारी घटनास्थलमा नै र घटनामा सख्त घाइते भएका एक जनाको स्थानीय सैनिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ,” प्रहरी अधिकृत स्वयमप्रकाश पाणीले बताउनुभयो । काश्मिरमा आन्दोलनरत विद्रोही समूह जैस–ए–मोहम्मदले घटनाको जिम्मेवारी लिएको छ ।