२६ जेठ २०८३, मंगलबार

श्रीलंकाका अपदस्थ प्रधानमन्त्रीलाई पुनः स्थापित गर्न संसद्को माग

मंसिर २७, २०७५
श्रीलंकाका अपदस्थ प्रधानमन्त्रीलाई पुनः स्थापित गर्न संसद्को माग

कोलम्बो– श्रीलंकाको संसद्ले अपदस्थ प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई पुनः स्थापित गर्नुपर्ने प्रस्ताव पारित गरेको छ । बुधबार भएको मतदानमा ठूलो सङ्ख्यामा सांसदले विक्रमासिंघेलाई पुनः स्थापित गर्नुपर्ने पक्षमा मतदान गरेको अधिकारीहरूले जानकारी दिएका छन् । 

शक्ति सङ्घर्ष थप चर्किन नदिनका लागि यो नै सबैभन्दा उपयुक्त र वैधानिक उपाय भएको संसद्द्वारा पारित प्रस्तावमा उल्लेख छ । विक्रमासिंघेको पार्टीबाट संसदमा सदस्य रहेका र त्यससँग गठबन्धन गरेको पार्टीबाट सदस्य भएका गरी संसद्को कूल ११७ जना सदस्यले उहाँको पुनः स्थापनाको पक्षमा मतदान गरेका हुन् ।  

उनीहरूले सो प्रस्ताव तत्काल कार्यान्वयन गर्न राष्ट्रपति मैत्रीपाला सिरिसेनाको ध्यानाकर्षणसमेत गराएको समाचारमा जनाइएको छ । “मलाई विश्वासको मत दिएर संसद्ले मेरो पुनः स्थापनाको निर्णय गरेको छ, त्यसले गत अक्टोबर २६ मा भएको गलत काम सच्याउने मौका दिएको छ,” संसद्को निर्णयपछि विक्रमासिंघेले भन्नुभयो ।

सिरिसेनाले तत्कालीन प्रधानमन्त्री विक्रमासिंघेलाई अपदस्थ गरेर पूर्वराष्ट्रपति महेन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । तर संसद् र अदालत दुवैले त्यो नियुक्तिलाई अवैध भन्दै खारेज गरिदिएका थिए भने विक्रमासिंघे र राजापाक्षे दुवैले आफू प्रधानमन्त्री भएको दाबी गर्दै आएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्