×

NMB BANK
NIC ASIA

कहिलेसम्म यो लामो लश्कर परदेशी भूमिमा भक्कानिँदै पुग्ने ?

मंसिर २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक, सामाजिक, शैक्षिक लगायतका उद्देश्य पूरा हुन्छन् भन्ने हाम्रो दुईसय वर्ष पहिलेदेखिको मानसिकता हो । यो मानसिकताले अहिले पनि हरेक नेपालीको मनमस्तिष्कमा सुन्दर घर बनाएको छ । 

Muktinath Bank

सुन्दर सपना सजाउन विदेशिने नेपालीका आआफ्नै कथा र व्यथा पनि छन् । अनेकौं चाहना बोकेर दैनिक अठार सय नेपाली परदेशी बन्दछन् । सुनौला सपना पूरा गर्ने उद्देश्य लिएर हिँड्दै गर्दा म पनि कुनै दिन हवाईजहाजको यात्रु बन्न पुगें ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कथा सेप्टेम्बर ३, २०१८ को हो । सेप्टेम्बर ३ गते राति दुई बजे मेरो शैक्षिक उपलब्धिको  हजार माइलभन्दा लामो रंगीन यात्रा थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंदेखि भेनिसको मार्को पोलो विमानस्थल इटालीसम्म मेरो गन्तव्यस्थल रहेको थियो । जीवनमा पहिलोपटक युरोपको यात्रा गर्न पाएकोमा त म फुरुङ्ग भएँ तर एयरपोर्ट पुग्दा भने झसङ्ग थिएँ । एयरपोर्टको लामो लाइन, लगेजको इन्ट्रीपछि इमिग्रेसन पुग्ने सिँढी चढ्नुअघिको बाइले मेराजस्तै हरेकका आँखा रसिला देखिन्थे । मन कुँडाएर इमिग्रेसन चेकिङ पार गर्नेहरूको ताँती नै थियो । त्यही ताँतीमा म पनि पंक्तिबद्ध थिएँ । अर्कातर्फ जहाजमा बाइबाइ गर्न आएका आफन्तजन पनि मलिन अनुहारमा बाइबाइ गर्दै थिए । 


Advertisment
Nabil box
Kumari

हवाईजहाज चढ्नुभन्दा एक घण्टाअघिको पर्खाइमा सबैका आँखाबाट बर्बर आँसु झरिरहेका थिए । यही समयमा मैले आफ्ना बाबुआमा, घरपरिवार र छरछिमेकीलाई सम्झें । सपना सजाउन परदेशिनेहरूका ती बूढा बुवाआमा, श्रीमती अनि कलिला बालबच्चा परदेशीलाई सम्झी कति रुँदा हुन् ? कहिलेसम्म यो लामो लश्कर परदेशी भूमिमा भक्कानिँदै पुग्ने होलान् । स्कूल पढ्दा अखबारका पानामा कतै पढेको थिएँ ‘विगतमा हाम्रो जस्तै कोरिया, फिलिपिन्सले विकासको कति धेरै फड्को मारिसके अरे’ । समयको गतिले हामीलाई मात्र किन कत्ति पनि नचिनेको होला । हाम्रोे यो जहाजी यात्राको जात्राले कहिलेसम्म निरन्तरता पाइरहने होला ? 

Vianet communication
Laxmi Bank

इतिहासको त्यो सुगौली सन्धिपछि बलभद्र कुवँरको लाहोरको लाहुरे यात्रा थालनीपश्चात् आजका दिनसम्म परदेश यात्राको गति झन् बढ्दो क्रममा छ । राजनीतिक खिँचातानी, बाह्य हस्तक्षेप र राजनीतिक संक्रमणकालको अन्त्य विगतदेखि वर्तमानसम्म पनि किन नभएको होला ? यी यात्रुको विदेशिनुपर्ने रहर मात्र नभएर बाध्यता पनि होलान् ।  यिनै विषयमा सोचेर म जहाजको प्रतीक्षामा थिएँ । 

मनमा अनेक कुरा खेलाइबस्दै गर्दा छेउमा रहेका एक चिटिक्क परेका अर्धबैंसे पुरुष उभिएर कोहीसँग कुरा गर्दै थिए । अनेक सोच्दै बसेको म, दोहा कतारको ट्रान्जिटबाट भेनिस भनेको सुन्दाबित्तिकै हौसिएर उनीसँग कुरा गर्न पुगेछु । चिनाजानी गर्दा थाहा भयो उनी भारतबाट विद्यावारिधि गर्ने नेपालको एक विश्वविद्यालयका प्राध्यापक रहेछन् । उनी भिजिटिङ प्रोफेसरका रूपमा इटालीको पादोभा विश्वविद्यालयमा जाँदै रहेछन् । विदेशी भूमिमा ज्ञान बाँड्न जान लागेको कुरा सुन्दा म छक्क परें । अधिकांशको मानसपटलमा नेपालीहरू विदेशमा थ्री डी (डर्टी, डेन्जरस र डिफिकल्ट) मात्र काम गर्छन् भन्ने सोचका लागि उनी एक भिन्न व्यक्ति थिए । 

बिहानको दुई बज्नै लाग्दा, जहाज चढ्नेको लामो लश्कर लाग्यो । उनीसँगै खासखुस गर्दै म पनि लाइनमा थिएँ । कतार हुँदै भेनिससम्म म उनैसँगै जाने भएँ । हाम्रो सीट पूर्व र पश्चिम झैं टाढा रहेछ । पहिलोचोटि हवाईजाहज चढेको म, एयरहोस्टेसको सहायताले २७ नम्बरको सीटमा बसें । छेउमा पोल्यान्ड जाने म्याग्दीतिरका अर्धबैंसे पुरुषहरू रहेछन् । उनका ग्रूपका पाँचजना हाम्रो पछाडिको सिटमा बसेका । सबै उतैतिरैका । अहिले पोल्यान्डको खुब भिसा लागेको छ भन्दैबेला बखत खासखुस गर्दै थिए । दलाललाई १२ लाख रुपैयाँ तिरेर युरोपको यात्रा तय गरेका रे । एग्रो फर्ममा मासिक एक लाख जति दिने शर्त छ भन्दैथिए । 

संयोग होला, कतारसम्म त हवाईजहाजमा सबै नेपालीहरू मात्र पो रहेछन् । कस्तो एकजना विदेशी पनि नभएका । यसले दैनिक १८ सय नेपाली विदेशिन्छन् भन्ने कथनलाई पुष्टि गरिरहेको थियो । 

हवाईजहाजमा बसेको एकछिनमै जहाज घरघर आवाज निकाल्दै दगुर्न थाल्यो । जति जहाज दगुर्थ्यो घरदेशको सम्झनाले मेरो मन फुलेर आउँथ्यो । केहीबेरमा ‘बाइ नेपाल’ भन्दै सबै चिच्याए । मैले पनि त्यही स्वरमा रुन्चे स्वर मिलाएँ । जहाजले जमीन छोडी आकाश छोएको थियो । आकाशबाट झलमल काठमाडौं उपत्यका चिहाएँ । कति धपक्कै बलेको मेरो देशको राजधानी यो रात्रिकालीन समयमा । जहाज जतिजति माथि उड्थ्यो, उति मातृभूमिको याद बढ्थ्यो । गाउँघरका डाँडापाखा खोलापारिको पालेवनको सम्झनाले सताउँथ्यो । साथीसङ्गीसँग बर्खेझरी र हिउँदको मेलापात गरेको झझल्कोले झस्काउँथ्यो । पारिवारिक यादले क्षणक्षणमा सताउँथ्यो । खोई, मलाई मात्र हो कि अरूलाई पनि गाउँघर, डाँडापाखा, मेलापात, पालेवन, न्याउली र कोइलीको स्वरको सम्झनाले सतायो होला ।

नेपालमा जन्मनु र जहाजी यात्राको बाध्यतालाई बुझ्दै जाँदा दोष कसको ? जहाजी यात्रीको ? राज्य सञ्चालकको ? वा प्राकृतिक साधन र स्रोतको ? स्रोत व्यवस्थापनको ? म कसैलाई केही भन्न सकिनँ ।

सीटअगाडिको सुईले जहाजको दिशा देखाइराखेको थियो । बीचबीचमा एयर होस्टेसले खानेकुरा लिनका लागि अर्डर लान्थे र ल्याउँथे पनि । कतारसम्म आएका केही नेपालीले त बेहाल नै हुने गरी पिउने रहेछन् । होस्टेस पनि ड्रिंक्स ल्याउँदा ल्याउँदा वाक्क । मुखले नबोलेपनि ती एयर होस्टेस पिएर मात्नेप्रति रिसाएको प्रस्ट देखिन्थ्यो । मैले भने पहिलोपटकको यात्रामा एक पेग लगाइनँ । उही गाउँघरको सम्झनाले सताइराखेको थियो । घरपरिवार, साथीभाइ र आफन्तबाट टाढा हुँदा के पो खान र पिउन मन लाग्नु र । 

करीब पाँच घण्टाको उडानमा कतारको दोहामा रहेको हमाद अन्तर्राष्ट्रिय विमानस्थल देखियो । कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थल कति विशाल रहेछ । म लगेज र ह्यान्ड क्यारी लतार्दै भेनिस लाग्ने प्लेन खोज्न थालें । १५ मिनेट लगाएर खोजेपछि भेनिस जाने जहाजकोे स्थान भेटें । घरतिर म कतारसम्म पुगेको थाहा पाउन भनेर फेसबूकमा हमाद इन्टरनेसनल एयरपोर्ट कतार भनी चेकइन गरें । करीब चार घण्टाको ट्रान्जिट बस्नुपर्ने थियो । यत्तिकैमा अघि सँगै जाने प्राध्यापक आइपुगे । काठमाडौंबाट सँगै उडेको र भेनिससम्म सँगै जाने भएकाले उनी पनि मेरो खोजीमा लागेका रहेछन् । चार घण्टाको ट्रान्जिट कटाउन पनि धेरै मुश्किल हुने थियो । धन्न उनी भेटेर समय गएको पत्तो नै भएन ।

मलाई भने कतारको हमाद एयरपोर्टमा जता हेर्‍यो त्यहीँ नेपाली दाजुभाइ देखेजस्तै लाग्यो । सँगैका प्राध्यापकलाई सोध्दा धेरै नै नेपाली रोजगारीका लागि यहाँ रहेको भन्ने जानकारी पाइयो । कतार त धेरै नै नेपालीहरूको रोजगारस्थल रहेछ । यहाँका हरेक क्षेत्रमा काम गर्नेहरूमा नेपाली नै बढी हुँदा रहेछन् । चाहे त्यो एयरपोर्ट र विविध कम्पनीदेखि रेस्टुरेन्ट नै किन नहोस् । प्राध्यापकको कुरा सुन्दा देश यिनै परदेशीका पसिना र खियाइएका हड्डीको करले चलेको जस्तै लाग्यो । उता घरदेशमा भने यिनै पसिनाबाट छाएको विलासीपन र भद्रगोलका समाचार सुनिन्छन् । परदेशीका पसिना र घरदेशको हालत सम्झेर आफैंमा विरक्त लागेर आयो । सोह्र हजार जनताका आत्माहरू रन्थनिएर छटपटाइरहेको आभास भयो । 

नेपालमा जन्मनु र जहाजी यात्राको बाध्यतालाई बुझ्दै जाँदा दोष कसको ? जहाजी यात्रीको ? राज्य सञ्चालकको ? वा प्राकृतिक साधन र स्रोतको ? स्रोत व्यवस्थापनको ? म कसैलाई केही भन्न सकिनँ ।

साथमा रहेका प्राध्यापकले यी सब कुरा गरिरहँदा राजनीति र पलायनलाई सँगै जोडेर विश्लेषण गरे । मैले पनि आफैंमा हाम्रो इतिहास घोत्लिएर सोचें । उहीलेको सुगौली सन्धिपश्चात् देश खुम्चियो, भाइभारदारबीच रक्ताम्मे कोत पर्वहरू भए, जंगे उदाए, राणाहरूको अन्त्य भयो, प्रजातन्त्रको प्रादुर्भाव भयो, पञ्चायत बन्यो अनि ढल्यो, बहुदलीय व्यवस्था आयो र गयो र गणतन्त्र उठ्यो तर पनि लाहोर नगई गाँसबासको जोहो भएन । परदेशका कुनाकाप्चामा हिजोदेखि आजसम्म वीर गोर्खाको रूपमा त विविध रोजगारीको भेषमा परिश्रमका पसिनाहरू समृद्धिका दानामा साटिन्छन् । अझै यिनै पसिना बगाउन कहिलेसम्म नेपालीले अनेक हन्डर ठक्कर खान्छन्् । पहिलो र दोस्रो विश्वयुद्धदेखि जम्मु कश्मीरका युद्धमोर्चा र अहिले विदेशका थ्रीडीहरूमा नेपालीकै पसिना पोखिएका छन् । 

हरेक समयमा उही परदेशी व्यथा र गाथा अविरल कालीगंगा झैं बगिरहेछन् । खोई, बाजेहरूबाट चलेको यो नटुंगिने यात्रा कतिन्जेल चल्ने हो, अझ कति पुस्तामा यस्तै मानसिकतामा बस्ने हो ? यस्तै यस्तै विरहका लहडहरू मनमा खेलिरहे । प्राध्यापकले देशका समस्या र सम्भावनाहरू बताउँदै जान्थे, मेरो मनले विदेशलाई चाहिने श्रम, सीप र ज्ञान आप्mनै देशलाई किन आवश्यक छैन भन्ने प्रश्नको उत्तर खोजिरहन्थ्यो ।   

कुराकानी गर्दा गर्दै चार घण्टा बितेको पत्तो नै भएन । दोहाबाट भेनिस जाने प्लेनमा त हामी दुई नेपाली मात्र रहेछौं । फेरि पनि फरक फरक सिटमा । घरबाट निस्किएपछि ननिदाएको म, यो फ्लाइटमा त मजैले निदाएछु । ब्युझिँदा आकाशबाट सुन्दर समुद्रमाथिको शहर भेनिस देखियो । गन्तव्य आएछ भन्ने लाग्यो । भेनिसवरिपरिको समुद्र देख्दा उही धौलागिरी हिमालको कालीगंगा मिसिएको जल होला भन्ने आभास भयो । घरघर गर्ने प्लेनको आवाज आउँदा आउँदै भेनिस मार्कोपोलो विमानस्थल नै आइपुगेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x