
काठमाडौं, २२ काठमाडौं- उत्तर कोरियाद्वारा बेल्यास्टिक मिसाइल परीक्षण तथा मलेशियामा किम का सौतनी भाई को हत्यापछि अमेरिका किम जोन उन विरुद्ध सैन्य कारवाहीको योजनामा लागेको रिपोर्ट सार्वजनिक भएको छ ।
वाल स्ट्रीट जर्नलको रिपोर्ट अनुसार अमेरिका, उत्तर कोरिया विरुद्ध ’डाइरेक्ट ऐक्शन’ मा उत्रन सक्छ । रिपोर्टका अनुसार उत्तर कोरिया विरुद्ध रणनीति बनाउनका लागि ह्वाइट हाउसको आन्तरिक समिक्षामा सैन्य कारवाही या सत्ता परिवर्तन भन्ने रहेको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रंपले उत्तर कोरिया अमेरिकाका लागि सवैभन्दा गम्भीर बाहिरी चुनौती भएको बताएका छन् ।
उत्तर कोरियको मिसाइल धमकीमाथि ट्रंपले जनवरीमा ट्वीट गरेर यस्तो कहिले सम्भव नभएको बताएका थिए । ट्रम्प आफ्ना सहयोगिलाई सम्झौताबाट पछि नहट्ने हुँदा आशवस्त हुन भनिरहेका छन् ।
उत्तर कोरियाले यस अघि अमेरिकालाई चेतावनी दिदै भनेको थियो की आतंकवाद बढावा दिने देशको सूचीमा राखेकोमा ओरिकाले गम्भीर परिणाम भोग्न पर्ने छ ।
यसका साथै अमेरिका तथा दक्षिण कोरियाको संयुक्त युद्ध अभ्यासमा पनि उत्तर कोरियाले आपत्ति सहित कडा अभिव्यक्ति दिएको थियो ।
अमेरिकाको यो रणनीति समीक्षा यस्तो समयमा हुँदै छ कि पछिल्ला घटना क्रममा कारण क्षेत्रीय स्थिरतामा तनाव आएको छ । पछिल्लो महिना उत्तर कोरियाले जापानी सागरमां बैलिस्टिक मिसाइल परीक्षण गरेको थियो । यससँगै किम का सौतेनी भाईको मलेशियामां हत्या गरिएको थियो ।
ट्रम्प राष्ट्रपति बनेको समय देखिनै प्योंगयांग तथा वाशिंगटनको सम्बन्धमा सुधार आउन सकेको छैन ।
ट्रम्पले उत्तर कोरियाको बैलिस्टिक मिसाइल प्रक्षेपण पछि आफ्नो ठूलो सहयोगी जापानलाई पूर्ण रुपमा समर्थन गर्ने आश्वासन दिएका थिए ।