२६ जेठ २०८३, मंगलबार

महासमिति बैठकको बन्द सत्र शुरू, तीनवटा प्रतिवेदनमाथि छलफल हुँदै

महासमिति बैठकको बन्द सत्र शुरू, तीनवटा प्रतिवेदनमाथि छलफल हुँदै

काठमाडौं – नेपाली कांग्रेस महासमिति बैठकको बन्द सत्र बिहानदेखि शुरू भएको छ । 

बन्द सत्रमा महामन्त्री डा शशाङ्क कोइरालाले ‘साङ्गठनिक प्रतिवेदन’, कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको ‘लेखा प्रतिवेदन’ र सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीको ‘आर्थिक प्रस्ताव’ पेश गरेका छन् । तीन वटै प्रस्तावमाथि आज छलफल हुनेछ । 

प्रतिवेदनमा छलफलपछि महासमिति सदस्यले राखेका विचारका आधारमा संशोधनसहित पारित हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । विधान संशोधनको मस्यौदामा भने सहमति जुट्न बाँकी रहेको जनाइएको छ । सहमतिपछि केन्द्रीय समितिले पारित गरी बैठकमा विधान संशोधन प्रस्ताव पेश गरिने जनाइएको छ । 

बैठकमा ७७ जिल्ला र विदेशस्थित जनसम्पर्क समितिका गरी एक हजार ७०० भन्दा बढी प्रतिनिधि एवं पर्यवेक्षकको सहभागिता छ । बैठक पुस ३ गते समापन हुने जनाइएको छ । मङ्सिर २९ गते बैठक शुरू भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्