भदौ २, २०७९
स्याङ्जाको भीरकोट नगरपालिकाले आर्थिक उपार्जनका लागि बंगुर, बाख्रा र सुन्तला पकेट कार्यक्रम शुरू गरेको छ । नगरपालिकाका नौवटै वडाका आर्थिक र सामाजिक हिसाबले पछाडि परेकालाई स्वावलम्बी बनाउने लक्ष्यसहित पालिकाले पक...
काठमाडौं – कृषि तथा पशुपञ्छि विकास मन्त्रालयले खाने भुँडी बढेका कारण चामल तथा अन्य खाद्यान्नको आयात बढेको बताएको छ ।
मन्त्रालयले यस वर्षको धान उत्पादनको तथ्याङ्क सार्वजनिक गर्दै धानको उत्पादन बढेको र खाने भुँडी बढेका कारण आयात समेत नरोकिएको बताएको हो ।
यस वर्ष धानको उत्पादन अहिलेसम्मकै बढि रहेको जानकारी मन्त्रालयले दिएको छ ।
मन्त्रालयका सचिव युवकध्वज जिसिका अनुसार यसवर्ष धानको उत्पादन ५६ लाख १० हजार ११ मेट्रिक टन धान उत्पादन भएको छ ।
यो उत्पादन गत वर्षको तुलनामा ८ दशमलव ८९ प्रतिशतले भएके वृद्धि हो ।
गत वर्ष धानको उत्पादन ५१ लाख ५१ हजार ९ सय २५ मेट्रिक टन धानक उत्पादन भएको थियो ।
तर, चालु आर्थिक वर्षको पहिलो चार महिनामै ९ अर्ब रुपैयाँ बढिको चामल आयात भएको व्यापार निकासी तथा प्रवद्र्धन केन्द्रले जानकारी दिएको छ ।
धानको उत्पादन निरन्तर बढिरहेको भएपनि आयात किन घट्न सकिएन भन्ने पत्रकारको जिज्ञासामा सचिव जिसिले खाने मुख र भुँडी बढेका कारण आयात झन बढ्दै गएको बताए । ‘नेपालले धान निर्यात गर्दा नेपालमा धानको उत्पादन १० लाख मेट्रिक टन थियो’ उनले भने, ‘त्यतिबेला खाने मुख पनि १ करोड मात्रै थिए । अहिले खाने मुख र खाने भुँडी तीन करोड पुगिसक्यो, ।’
त्यस्तै उनले नेपालीहरुले खाने कुरा देखि लाउने कपडा सम्ममा अन्तर्राष्ट्रियकरण गरेका कारण आयातमा झन मदत पुगेको समेत बताए ।
नेपालीहरुले यही उत्पादन भएको चामल खान नरुचाउने भएका कारण पनि चामलको आयात बढेको उनको भनाई थियो । ‘यही उत्पादन भएको मोटो चामलको खाँदा नेपालीले चालमको आयात गर्नु पर्दैन थियो’ उनले थपे, ‘हामीले खाने कुरा देखि लाउने सबै कुरामा ग्लोब्लाइजेसन भइसकेको छ, ।’
मन्त्रालयका अनुसार यस वर्ष धानको रोपाई हुने क्षेत्रफल पनि बढेको छ । यस वर्ष मुलकभरि कुल १४ लाख ९१ हजार ७ सय ४४ हेक्टर क्षेत्रफलमा रोपाई गरिएको थियो ।
यो रोपाई गत वर्षको तुलनामा ७ दशमलव २७ प्रतिशतले बढेको मन्त्रालयले जानकारी दिएको छ ।
गत वर्ष मुलुकभरि कुल १४ लाख ६९ हजार ५ सय ४५ हेक्टर क्षेत्रफलमा रोपाई भएको मन्त्रालयको तथ्याङ्क रहेको छ ।
मन्त्रालयको तथ्याङ्क अनुसार सबै भन्दा बढि रोपाई दुई नम्बर प्रदेशमा भएको छ । दुई नम्बर प्रदेशमा ४ लाख १९ हजार ६ हेक्टर क्षेत्रफलमा रोपाई भएको छ ।
सो प्रदेशमा १४ लाख ९५ हजार ४४ मेट्रिक टन धान उत्पादन भएको छ ।
सबै भन्दा कम कर्णाली प्रदेशमा रोपाई भएको छ । कर्णाली प्रदेशमा कुल ३८ हजार २ सय ५७ हेक्टर क्षेत्रफमा धान रोपाई गरिएको छ ।
कर्णाली प्रदेशमा यस वर्षको धानको उत्पादन १ लाख ३३ हजार ५ सय ७९ मेट्रिक टन धान उत्पादन भएको छ ।
यस वर्ष समयमै पानी परेको तथा प्राकृतिक प्रकोप समेत नआएकोले धानको उत्पादनमा निकै मदत पुगेका मन्त्रालयका अधिकारीहरुको भनाई थियो ।
कृषि विकास मन्त्रलायले हालको आधारले प्रक्ष्येपण गर्दा नेपाललाई वार्षिक ६१ लाख मेट्रिक टन धान आवश्यक रहेको जानकारी गराएको छ
स्याङ्जाको भीरकोट नगरपालिकाले आर्थिक उपार्जनका लागि बंगुर, बाख्रा र सुन्तला पकेट कार्यक्रम शुरू गरेको छ । नगरपालिकाका नौवटै वडाका आर्थिक र सामाजिक हिसाबले पछाडि परेकालाई स्वावलम्बी बनाउने लक्ष्यसहित पालिकाले पक...
नेपालमा एक वर्षमा १० खर्ब ७ अर्ब ३१ करोड रुपैयाँको रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा नेपालमा भित्रिएको यस्तो रेमिट्यान्स आय अघिल्लो आवको सोही अवधिको तुलनामा ४.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो ...
राजस्व सचिव रामेश्वर दंगालले बिहीवार पदभार ग्रहण गरेका छन् । सरकाले हालै दंगाललाई राजस्व सचिवमा नियुक्त गरेको थियो । यसअघि राजस्व सचिव रहेका कृष्णहरि पुस्कर अर्थमन्त्रालयको सचिव भएपछि रिक्त राजस्व सचिवको जिम्मेवा...
भारतका लागि नेपाली राजदूत शंकर शर्माले भारतीय अर्थमन्त्री निर्मला सिथारमनसँग भेट गरेका छन् । बुधवार भएको राजदूत शर्मा र अर्थमन्त्री सिथारमनबीचको भेटमा वित्तीय अवस्थाको सुदृढ पार्ने विषयमा छलफल भएको छ । छल...
काठमाडौँ महानगरपालिकाको २ अर्व ४ करोड २७ लाख ७६ हजार ७०५ रुपैयाँ ९४ पैसा बेरुजु फर्छ्यौट भएको छ । आर्थिक वर्ष ०७३/०७४ देखि ०७६/०७७ सम्म ४ बर्षको ४ अर्व ८२ करोड ५७ लाख ९९ हजार रकम बेरुजु कायम थियो ...
देशभित्र भित्रिनेभन्दा बाहिरिने रकमको मात्रामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७८÷७९ मा रु दुई खर्ब ५५ अर्बले शोधानान्तर घाटामा गएको छ । अघिल्लो आव असार मसान्तमा रु एक...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...