असार २३, २०७९
नेपाल वायुसेवा निगम (नेवानि) का कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई नियमित काम गर्न दिन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आगामी असार ...
काठमाडौं– अन्तराष्ट्रिय क्षेत्रमा देशको शिर उँचो राख्न राष्ट्रसेवक कर्मचारीको भूमिका महत्वपूर्ण हुन्छ ।
मित्रराष्ट्रसँगको आपसी हित, चासो र सम्बन्धको सेतुकै रुपमा पर्दा पछाडिबाट कर्मचारीले अहम् भूमिका खेलिरहेका हुन्छन् र खेल्नुपर्छ पनि । त्यसमा परराष्ट्र सेवाका कर्मचारीको त विशिष्ठ भूमिका नै हुन्छ।
कुटनीतिक क्षेत्रमा सामान्य भाषाले पनि ठूलो अर्थ राख्ने हुँदा उनीहरुले हरेक शब्द–शब्दमा खेल्नुपर्ने त हुन्छ नै मित्र राष्ट्रसँगको सम्बन्धलाई घनिष्ट बनाइराख्न रहतरहले जिम्मेवार रुपमा पनि प्रस्तुत हुनुपर्ने हुन्छ ।
तर, परराष्ट्र मन्त्रालय जस्तो संवेदशनशील निकायका जिम्मेवार राष्ट्रसेवक कर्मचारी गैरजिम्मेवार बनिदिँदा देशकै बदनाम हुन पुगेको छ ।
परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीको गैरजिम्मेवार रबैयाका कारण देशकै बदनाम हुन पुगेको हो । सन्दर्भ हो, हालै इन्डोनेशियामा भएको ज्वालामुखी विस्फोट र त्यसपछि भएको मानविय क्षतिका विषयमा निकालिएको एक विज्ञप्तिको ।
अंग्रेजी भाषामा निकालिएको विज्ञप्तिमा ‘इन्डोनेसियामा हालै गएको ज्वालामुखी विस्फोटपछि ज्यान गुमाएकाहरुप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई सन्देश पठाएको’ व्यहोरा उल्लेख गरिएको छ ।
परराष्ट्र मन्त्रालयमा सचिव रहेका शंकरदास बैरागीको गैरजिम्मेवार र लापबारहीले यस्तो हुँदा देशकै बेइज्जत भएको भन्दै सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएको छ ।
सामाजिक सञ्जालमा धेरैले परराष्ट्र मन्त्रालयका जिम्मेवार अधिकारीले विज्ञप्तिमा ‘अक्षम्य’ गल्ती गरेको भन्दै चर्को आलोचना गरेका छन् ।
उनीहरुले गल्ती गर्ने बैरागीसहितका जिम्मेवार अधिकारीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै भविष्यमा यस्तो गम्भीर गल्ती नदोहोर्याउन चेतावनी दिएका छन् ।
परराष्ट्र जस्तो जिम्मेवार मन्त्रालायमा बसेर गैरजिम्मेवार ढंगले विज्ञप्ति निकाल्नुले बैरागीलगायतका अधिकारीको कार्यदक्षतामाथि नै प्रश्न चिन्ह खडा भएको भन्दै केहीले बर्खास्त गरिनुपर्नेसम्मको माग गरेका छन् ।
हुन पनि मन्त्री र प्रधानमन्त्रीसम्मको चाकडी गरेर मन्त्रालयमा अड्का जमाएका सचिव बैरागीको कार्यसम्पादन सन्तोषजनक नभएको मन्त्रालयकै कर्मचारीहरु बताउँछन् ।
परराष्ट्र सचिव भएपछि विदेश आउजाउ त भइनै हाल्छ तर अनावश्यक रुपमा धेरै समय विदेशतिरै बिताउन मनपराउने बैरागीले देशको शिर उचो राख्नतिर भन्दा पनि मोजमस्तीमै ध्यान दिने गरेको कर्मचारीहरुको भनाई छ ।
‘सचिवज्यूको काममा सिरियसनेश देखिन्न । उहाँको कार्यक्षमतामा प्रश्न गर्ने ठाउँ त नहोला तर अत्यन्तै गैरजिम्मेवारी पन देखिन्छ’ एक कर्मचारीले लोकान्तरसँग भने, ‘गैरजिम्मेवारीपनको पछिल्लो उदाहरण आज देखियो नि ।’ ती अधिकारीले बैरागीमा काममा खट्ने भन्दा पनि अरु जुनिएरलाई ‘ल यो मिलाएर गरिदिनु है’ भन्ने मानसिकता हावी भएको बताए । मन्त्रालय र कुटनीतिक मामिलाका कैयन सवालमा पनि वैरागीको उस्तै लाचारीपन देखिने गरेको उनले दाबी गरे ।
बुधबारको कुनै अधिकारीको हस्ताक्षर नरहेको विज्ञप्तिमा गणतन्त्र इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले गत शनिबार सुनामीले कयौँ ज्यानहरू गएकोमा ‘बधाई सन्देश पठाएको’ लेखिएको छ।
पहिलो वाक्यमा गम्भीर गल्ती भए पनि दोस्रो वाक्यमा भने राष्ट्रपतिले नेपालका तर्फबाट समवेदना र गहिरो दुख व्यक्त गरेको उल्लेख छ।
उद्दार तथा राहत अभियान सफल होओस् भन्ने सदीक्षा पनि राष्ट्रपतिले राखेको विज्ञप्तिमा उल्लेख छ।
यता परराष्ट्रको गम्भीर त्रुटीका सम्बन्धमा सामाजिक सञ्चालमा चर्को आलोचना भइरहँदा मन्त्रालयले अर्को विज्ञप्ति निकालेको छ । गल्ती भएकोमा माफी माग्दै निकालिएको विज्ञप्तिमा भनिएको छ, ‘असावधानीका कारण यसअघि निकालिएको समवेदनासम्बन्धी विज्ञप्तिमा पर्न गएको गल्तीप्रति परराष्ट्र मन्त्रालय माफी माग्दै विज्ञप्ति सच्याइएको जानकारी गराउँछ ।’
मन्त्रालयले अहिले आफ्नो आधिकारिक वेवसाइटमा सच्याइएको विज्ञप्तिसहित माफी मागेको विज्ञप्ति पनि अपलोड गरेको छ ।
यसैबीच सामाजिक सञ्जालमा कतिपयले यो मामिलामा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले समेत राजीनामा दिनुपर्ने र सचिव बैरागीलाई बर्खास्त गर्नुपर्ने माग गरेका छन् ।
परराष्ट्र मामिलामा जानकार सुरेश आचार्यले अक्षम्य गल्ती गर्ने कर्मचारीमाथि कारबाहीको माग गर्दै भनेका छन्, ‘दुई देशको सम्बन्धलाई उडाउने र महत्व नदिएको देखिने यस्तो किसिमको विज्ञप्ति पठाउने मन्त्री र सचिवले नैतिक जिम्मेवारी लिँदै जो–जो यस्तो विज्ञप्ति तयारी र सम्प्रेषणमा जिम्मेवार छन्, तिनीहरूलाई ‘अक्षम्य हेलचेक्राई र लापरवाही’का लागि कारवाही नै नगर्ने यो कस्तो लोकतन्त्र नेपालमा आएछ रु? तत्कालीन प्रधानमंत्री किर्तिनिधी विष्टले सिंहदरबार जल्दा र शिक्षामंत्री केशर विष्टले दशरथ रंगशालामा भीडले थिचिएर मान्छे मारिदा पदबाट नैतिकताको आधारमा राजीनामा दिएको कसैलाई हेक्का छैन कि के हो ?
यो मामिलामा सचिवको गल्ती प्रष्ट देखिएकाले सचिव र अरु अधिकारीमाथि कस्तो सरकारी ठण्डा चलाइन्छ त्यो भने हेर्न बाँकी नै छ ।
नेपाल वायुसेवा निगम (नेवानि) का कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई नियमित काम गर्न दिन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आगामी असार ...
नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश गरिएको छ । अधिवक्ता अनुपम भट्टराईले प्रतिनिधि सभा निर्वाचनमा पराजित यादवलाई संविधानको मर्म र भाव...
उच्च अदालत पाटनमा शाखा अधिकृत र उपसचिवबीच आइतवार कुटाकुट भएको छ । शाखा अधिकृत हिरालाल भुसालले उपसचिव रमेश श्रेष्ठलाई कार्यकक्षमै गएर कुटपिट गरेको स्रोतले जानकारी दियो । स्रोतका अनुसार उन...
ट्रेड युनियनहरूले असार मसान्तभित्र कम्तीमा पनि जिल्ला न्यायाधीश नियुक्ति सिफारिस गर्न माग गरेका छन् । नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी संगठन निजामती र एकीक...
सरकारको कानूनी सल्लाहकार मानिने महान्यायाधिवक्ता पछिल्लो समय एकपछि अर्को विवादमा तानिन थालेका छन् । महान्यायाधिवक्ता खम्मबहादुर खाती गम्भीर प्रकृतिका अपराधमा संलग्नलाई जोगाउनेदेखि निर्वाचनमा आफ्ना दाइलाई जिता...
पोखरा महानगरपालिकाका तत्कालिन मेयर मानबहादुर जिसीले कार्यकाल सकिने २ दिन अगाडि पोखरा पर्यटन बसपार्क र गल्फकोर्ससहित ३ ठाउँको जमिन निजी क्षेत्रलाई भाडामा दिएको खुलासा भएका ेछ । पोखरा उपत्यका नगर विक...
‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...