२६ जेठ २०८३, मंगलबार

काशी तिवारी हत्याकाण्डमा जन्मकैदको सजाय पाएका मेयरलाई सर्वोच्चबाट सफाइ

काशी तिवारी हत्याकाण्डमा जन्मकैदको सजाय पाएका मेयरलाई सर्वोच्चबाट सफाइ

काठमाडौं– कर्तव्य जान मुद्दाको अभियोग लागेका रौतहटको कटहरिया नगपालिकाका मेयर सियाराम कुशवाहाले सफाइ पाएका छन् । 

हिन्दु युवा संघका तत्कालीन अध्यक्ष काशी तिवारीको हत्या अभियोगमा जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगन्जको फैसला उल्टाउँदै सर्वोच्चले कुशवाहालाई सफाइ दिएको हो । 

सर्वोच्चका न्यायाधीशद्वय सारदा प्रसाद घिमिरे र डम्बरबहादुर शाहीको संयुक्त इजलाशले कुशवाहालाई सफाइको फैसला सुनाएको हो । 

जनकपुर उच्च अदालतको वीरगन्ज अस्थायी इजलाशका न्यायाधीशद्वय लेखनाथ घिमिरे र नारायणप्रसाद श्रेष्ठको संयुक्त इजलासले गत फागुन २८ मा कुशवाहाविरुद्ध जन्मकैदको सजाय सुनाएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्