२६ जेठ २०८३, मंगलबार

अदालतबाट फरार व्यक्ति पक्राउ

अदालतबाट फरार व्यक्ति पक्राउ

काठमाडौँ-  महानगरीय प्रहरी परिसर काठमाडौँले अदालतबाट भागेको व्यक्तिलाई पक्राउ गरेको छ ।

परिसरको टोलीले चोरी मुद्दामा काठमाडौँ जिल्ला अदालतको विसं २०७३ जेठको फैसलाअनुसार रु छ लाख ९० हजार जरिवाना र कैद सजाय सुनाएका लालकाजी गुरुङ यही पुस ११ गते अदालतमा बुझाइ भर्पाइ लिने क्रममा भागेका थिए । प्रहरीले उनलाई गत शुक्रबार सिन्धुलीबाट पक्राउ गरेको हो । 

परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होवीन्द्र बोगटीले अदालतबाट हतकडीसहित भागेका गुरुङलाई सम्भावित स्थानमा खोजी गर्दा शुक्रबार सिन्धुलीबाट पक्राउ गरिएको जानकारी दिनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्