२६ जेठ २०८३, मंगलबार

हात्ती सुन्दरीको ताज बिजुलीकलीलाई

पुस १५, २०७५
हात्ती सुन्दरीको ताज बिजुलीकलीलाई
फाइल तस्बिर

भरतपुर– चितवनको सौराहामा जारी १५औँ हात्ती महोत्सवमा शनिबार सम्पन्न हात्ती सुन्दरी प्रतियोगिताको उपाधि बिजुली कलीले जितेको छ । 

प्रतिस्पर्धामा सहभागी अन्य तीन हात्तीलाई पछि पार्दै १८ वर्षको बिजुलीकलीले उपाधि हात पारेको हो । प्रतिस्पर्धामा चम्पाकली, एलिसाकली र सेल्फीकली सहभागी थिए । फष्ट रनरअप २२ वर्ष उमेरकी चम्पाकली हुँदा सेकेण्ड रनरअप १९ वर्षकी अलिशाकली भएको छ । 

हात्तीको सरसफाइ, शृङ्गार, हिँडाइ, हात्ती र माउतेको व्यवहारलगायतको मूल्याङ्कन गरी उत्कृष्ट घोषित गरिएको नतिजा प्रकाशन समितिका संयोजक दामोदर रेग्मीले जानकारी दिए । । 

यस्तै हात्ती फास्टवाकबाट छ वटा हात्ती फाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलमा सहभागिता १२ हात्तीमध्ये बिजुलीकली, बम्बोजकली, अनारकली, समृद्धिकली, लक्कीकली र आशाकली फाइनलमा प्रवेश गरेको रेग्मीले बताए । 

हात्ती पोलोअन्तर्गत शनिबार सम्पन्न खेल जित्दै होटल सेभेन स्टार फाइनलमा प्रवेश गरेको छ । एनआरएनए हङ्कङलाई १–० गोल अन्तरले पराजित गर्दै सेभेर स्टार फाइनलमा पुगेको हो । निर्धारित समयसम्म ३–३ गोलको बराबरी भएपछि पेनाल्टी सुट आउटमा सेभेनस्टार एक शून्यले विजयी भएको हो । हात्तीका छावाबीचको फुटबल खेलमा सिजी फुड्स विजयी भएको छ । सिजीले कोकाकोलालाई पराजित गर्दै फाइनलमा पुग्न सफल भएको हो । 

‘समाज, संरक्षण र समृद्धि’ नारासहित यही पुस ११ गतेदेखि शुरु भएको हात्ती महोत्सव भोलि आइतबार सकिँदैछ । 
 

salt training

कमेन्ट गर्नुहोस्