२६ जेठ २०८३, मंगलबार

बच्चा जन्माउनुअघि मज्जाले नाचिन् यी महिला (भिडियो)

बच्चा जन्माउनुअघि मज्जाले नाचिन् यी महिला (भिडियो)

काठमाडौं — भारतमा एक गर्भवती महिलाले बच्चा पाउनुभन्दा ठीक अघि मज्जाले नाचेको भिडियो अहिले भाइरल भइरहेको छ । 

लेबर रूममा ती महिला चिकित्सकसँग मिलेर नाचिरहेकी देखिन्छिन् । 

भिडियोमा देखिन्छ, महिलाले अस्पतालको कपडा लगाएकी छन् र उनी चिकित्सकसँग नाचिरहेकी छन् । 

नाचेपछि महिलाको सिजेरियन डेलिभरी भयो । 

ट्विटर प्रयोगकर्ता हर्ष गोयन्काले भिडियो शेयर गरेका हुन् । त्यसमा अनेकौं मानिसले प्रतिक्रिया दिएका छन् । 

घटना पञ्जाबको लुधियानामा भएको हो । घटना सार्वजनिक भएपछि महिलाले आफू नृत्यनिर्देशक भएको र गर्भवती हुँदा पनि अनेकपल्ट नाचेको बताइन् । 

उनले भनिन्, ‘नाचको कुनै विशेष कारण छैन । म दोस्रोपटक गर्भवती भएकी हुँ । पहिलोपटक पनि मेरो सिजेरियन डेलिभरी भएको हो । गर्भावस्थाका बेलामा उचित रेखदेखमा डान्स गर्नु उचित हुन्छ ।’ 

धेरै मानिसले यसमा सकारात्मक प्रतिक्रिया दिएका छन् । गर्भवती हुँदा रिल्याक्स गर्ने यो राम्रो उपाय भएको धेरैको भनाइ छ ।

 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्