चैत २७, २०८०
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
पुस १२, २०७५
काठमाडौं –मानव तस्करीको आरोप लागेपछि छानबिनको दायरामा रहेकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई बचाउन परराष्ट्र सचिव शंकरदास बैरागी नै सक्रिय भएर लागेको तथ्य फेला परेको छ । मानव तस्करीको आरोप लागेर छानबिनको दायरमा रहेकी शेर्पालाई भेटेरै सचिव बैरागीले उनलाई बचाउन भूमिका खेलेको तथ्य लोकान्तरलाई प्राप्त भएको हो ।
शेर्पाका सवारी चालक वाङ्छु शेर्पाले उनीमाथि मानव तस्करीको आरोप लगाएका थिए । सोलुखुम्बुका वाङ्छुलाई राजदूत शेर्पाले नै अस्ट्रेलिया लगेकी थिइन् । अस्ट्रेलिया जान आफूले राजदूत शेर्पालाई ३३ लाख रुपैयाँ बुझाएको वाङ्छुको आरोप छ ।
परराष्ट्र मन्त्रालयले राजदूत शेर्पामाथि मानव तस्करीको आरोप लागेपछि छानबिन समिति गठन गरेको थियो । परराष्ट्र मन्त्रालयका प्रशासन महाशाखा प्रमुख मणि भट्टराई संयोजक रहेको समितिमा अस्ट्रेलिया हेर्ने महाशाखाका प्रमुख तपस अधिकारी र शिष्टाचार महापाल दीपक अधिकारी सदस्य थिए ।
उक्त समितिले शेर्पामाथि छानबिन गरेर सोमवार (पुस ९ गते) प्रतिवेदन बुझाइसकेको छ । समितिले राजदूत शेर्पाको भूमिका शंकास्पद रहेको भन्दै उनले पदबाट राजीनामा दिनुपर्ने आशयको प्रतिवेदन बुझाएको छ । तर परराष्ट्र सचिव शंकरदास बैरागी भने प्रतिवेदनको आशयलाई गलत व्याख्या गरेर शेर्पालाई ‘बचाउने’ गरी सक्रिय रहेको परराष्ट्र स्रोतले लोकान्तरलाई जानकारी दियो ।
सचिव बैरागीले शेर्पालाई बचाउन छानबिन समितिको अनुसन्धानलाई नै प्रभावित पारेको स्रोतको दाबी छ । ‘समितिको छानबिनको दायरमा रहेकी शेर्पालाई सचिवले मन्त्रालयमै २ चोटी भेट्नुभएको छ,’ परराष्ट्र स्रोतले लोकान्तरसँग भन्यो ।’
मानव तस्करीको आरोपबारे बयान दिन नेपाल आएकी शेर्पासँग सचिव बैरागीले पटक–पटक भेट गरेको स्रोतको दाबी छ । सचिव बैरागीले पछिल्लोपटक मंगलवार दिउँसो १ः४५ बजे मन्त्रालयमै राजदूत शेर्पासँग गोप्य भेटघाट गरेको स्रोतले लोकान्तरलाई जानकारी दियो ।
‘राजदूत शेर्पा अस्ट्रेलियाबाट नेपाल आएपछि बयान दिन बाहेक पनि पटक–पटक मन्त्रालय आइरहेकी छन्,’ स्रोतले लोकान्तरसँग भन्यो, ‘पछिल्लो पटक मंगलवार दिउँसो १ः४५ बजेतिर सचिवज्यूसँग गोप्य भेटघाट नै भयो ।’
सचिव बैरागीले छानबिन समितिको प्रतिवेदन आएपनि राजदूत शेर्पालाई बचाउनका लागि अनेक भूमिका खेलिरहेको स्रोतको दाबी छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको सचिवालयमा पुगेकी शेर्पालाई सचिवालका कर्मचारीले ‘अहिले तपाईंको काम छैन, बोलाएपछि मात्रै आउनुहोला’ भनेर फर्काएका थिए । तर, सचिव बैरागीसँग भने उनको नियमित जसो भेट हुने गरेको स्रोत बताउँछ ।
सचिव बैरागीले मानव तस्करीको आरोप झुटो भएको भन्दै शेर्पाले त्यस्तो कुनै काम नगरेको भनेर उनको पक्षमा लबिइङ गर्ने गरेका छन् ।
‘सचिवज्यूले बैठकका क्रममा पनि राजदूत शेर्पामाथि लागेको आरोप झुटो भएको आशयको कुरा राख्नुभयो,’ परराष्ट्र स्रोतले लोकान्तरसँग भन्यो, ‘उहाँको उक्त कुरालाई मन्त्रीज्यूले पनि शंकास्पद रूपमा लिनुभएको छ ।’
छानबिनमा रहेको व्यक्तिसँग मन्त्रालयकै सचिवले भेट्दा छानबिन प्रक्रियामा नै शंका उब्जिएको परराष्ट्रका अधिकारीहरू बताउँछन् । ‘समितिले निष्पक्ष छानबिन गरेको भएपनि सचिवको भूमिकाले छानबिनमाथि नै प्रश्न उठाइदिएको छ,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘सचिवकै यस्तो व्यवहारले हामी पनि अप्ठ्यारोमा परेका छौं ।’
सचिव बैरागीसँग यस विषयमा बुझ्न लोकान्तरले पटक–पटक प्रयास गर्दा उनले कुनै प्रतिक्रिया दिन खोजेनन् । उनको व्यक्तिगत मोबाइलमा सम्पर्क गर्दा फोन उठेन ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...
राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...
यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...
त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...