२६ जेठ २०८३, मंगलबार

रोकिएन रसुवाबाट सुन तस्करीको क्रम, ४ किलो सुनसहित गजुरीबाट ३ जना पक्राउ

रोकिएन रसुवाबाट सुन तस्करीको क्रम, ४ किलो सुनसहित गजुरीबाट ३ जना पक्राउ
प्रतिकात्मक तस्बिर

काठमाडौं– नेपाल–चीन नाका रसुवाको केरुङ नाकाबाट तस्करी गरेर ल्याइएको सुनसहित धादिङको गजुरीमा ३ जना पक्राउ परेका छन् । 

विशेष सूचनाको आधारमा ३ नम्बर प्रदेश प्रहरी कार्यालय र  जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको टोलीले गजुरीबाट ४ किलो सुनसहित ३ जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा नुवाकोटको तारकेश्वर गाउँपालिका–५ का २२ वर्षी सुरेन्द्र तामाङ तथा २४ वर्षी विकास तामाङ र रसुवाको उत्तरगया गाउँपालिका–३ का २७ वर्षीय संजीत वाइवा छन् । 

दुईवटा मोटरसाइकलमा आइरहेका उनीहरुलाई प्रहरीले सुनसहित पक्राउ गरेको हो । विशेष सुराकीको आधारमा प्रहरीले उनीहरुलाई सुनसहित पक्राउ गरेको हो । 

पक्राउ परेकाहरुले प्रारम्भिक बयानका क्रममा सुन लिने मान्छे गजुरीमै आउने बताएका छन् । आफूहरुलाई गजुरीसम्म सुन ल्याउने जिम्मा दिइएकोमा गजुरीबाट अर्को व्यक्ति सुन लिन आउने भनिएको उनीहरुले बयानमा उल्लेख गरेका छन् । 

चीनको रसुवा नाका भएर तस्करी हुने गरेको सुन यसअघि पनि थुप्रैपटक प्रहरीले बरामद गरिसकेको छ । यद्यपि सुन तस्करीका लगानीकर्ता भने पक्राउ पर्न सकेका छैनन् ।
 

salt training

कमेन्ट गर्नुहोस्