२६ जेठ २०८३, मंगलबार

कुमारी मन्दिरलाई पूर्वावस्थामा राख्न आदेश

पुस २०, २०७५
कुमारी मन्दिरलाई पूर्वावस्थामा राख्न आदेश

काठमाडौँ– सर्वोच्च अदालतले वसन्तपुरमा रहेको ऐतिहासिक मल्लकालीन कुमारी मन्दिरलाई पूर्वावस्थामा राख्ने व्यवस्था गरी स्थानीयलाई पूजापाठको व्यवस्था गर्न आदेश जारी गरेको छ । 

न्यायाधीशद्वय तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आज महर्जन बिजनेस एसोसिएट्स बनाइएको भवन हाल बेसमेन्ट भएको सो स्थानमा नरहेको मल्लकालीन कुमारीको मन्दिरलाई पूर्वावस्थामा राख्ने व्यवस्था गरी पूजापाठ गराउने व्यवस्था गर्न आदेश दिएको हो । 
आदेशमा मल्लकालीन ऐतिहासिक कुमारीको मन्दिरलाई पूर्वावस्थामा राख्ने व्यवस्था गरी पूजापाठ गर्न व्यवस्था मिलाउन र मापदण्ड विपरीत बनेका भवनको बेसमेन्ट पुर्न लगाउन भनिएको छ । कानून विपरीत देखिएका निर्माण कार्य भत्काउन लगाउनु एवं कानून विपरीत काम गर्ने कर्मचारीलाई कारवाही गर्न आदेशमा उल्लेख छ । काठमाडौँ महानगरपालिकाले स्वीकृत नक्साबमोजिम नै भवन निर्माण गर्न भनिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्