२६ जेठ २०८३, मंगलबार

जेल भित्रै चल्छ स्कूलदेखि क्याम्पससम्को पढाइ, २२ कैदीबन्दी एसइई दिने तयारीमा

जेल भित्रै चल्छ स्कूलदेखि क्याम्पससम्को पढाइ, २२ कैदीबन्दी एसइई दिने तयारीमा

ललितपुर– नख्खु कारागारमा रहेका २२ कैदीबन्दी यस वर्षको एसइई परीक्षामा सहभागी हुने भएका छन् । 

परीक्षाको फारम भरेका विद्यार्थी तयारीमा जुटेका कारागार प्रशासनले जनाएको छ । चार वर्षपहिले देखि कैदीबन्दीको कक्षा र परीक्षाको व्यवस्थापन कारागारले गर्दै आएको छ । पढ्न चाहने कैदीबन्दीलाई यहीँ पढाउन सकिने व्यवस्था गरिएको जेलर जीवनप्रसाद दुलालले बताए । 

जिल्ला शिक्षा कार्यालयले कारागारमा अरू केन्द्रमा जस्तै परीक्षाको व्यवस्था गर्ने गरेको उनले जानकारी दिए । कार्यालयले एउटा ब्लकमा एउटा शिक्षकको व्यवस्था गरेको छ । यहाँका तीन ब्लक भएकाले तीन जना शिक्षकका लागि कार्यालयले न्यूनतम सुविधासहित कैदीबन्दीलाई शिक्षक तोकेको छ । 

कैदीबन्दी विभिन्न काममा संलग्न हुँदा कारागार प्रशासनलाई पनि व्यवस्थापन गर्न सजिलो हुने गरेको छ । प्रशासनले सकेसम्म उनीहरुलाई पढाइ वा काममा व्यस्त हुने वातावरणको व्यवस्था मिलाउने गरेको छ ।

कारागारमा कैदीबन्दी विद्यालय तहमा मात्रै नभइ कलेज तहमा समेत अध्ययनरत छन् । राष्ट्रिय परिक्षा बोर्डले ११, १२ को र स्नातक तथा स्नात्तकोत्तर तहमा त्रिभुवन विश्वविद्यालयले परीक्षाको व्यवस्था मिलाउने गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्