
काठमाडौं- सञ्चार उपकरणमा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएको छ ।
विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार एरिया र एप्रोचसम्बन्धी सञ्चार उपकरणमा आएको खराबीका कारण बिहान करीब साढे ९ बजेदेखि उडान प्रभावित भएको हो ।
एप्रोचसम्बन्धी उपकरण मर्मत भइसकेको र एरियातर्फको बाँकी रहेको प्रवक्ता तिवारीले लोकान्तरलाई जानकारी दिए ।
उक्त खराबीका कारण उडान तालिका प्रभावित भए पनि अवतरण भने भइरहेको उनले बताए ।