काठमाडौं–विदेशी लगानीका रुपमा अजेयराज सुमार्गीले ल्याएको रकम बैंकबाट निकालिसकेपछि सर्वोच्च अदालतले त्यसलाई रोक लगाउने आदेश जारी गरेको छ ।
यही पुस १० गते न्यायाधीश दीपकराज जोशीको इजलासले अन्तरिम आदेश जारी गर्दै स्रोत नखुलेर राष्ट्र बैंकले रोक्का राखेको सुमार्गीको रकम फुकुवा गरिदिएको थियो ।
उक्त आदेशपछि सुमार्गीले मुक्तीश्री सिमेन्ट कम्पनीको नाममा आएको करीब ८४ करोड रुपैयाँ झिकिसकेका छन् ।
मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा र न्यायाधीश आनन्दमोहन भट्टराईको संयुक्त इजलाशले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता नदिनु र उनको खाता पहिलेकै अवस्थामा राख्नु पनि आदेश जारी गरेको खरब कान्तिपुर दैनिकले पहिलो पृष्ठमा छापेको छ ।