२७ जेठ २०८३, बुधबार

डुबेर ५३ वर्षीया महिलाको मृत्यु

डुबेर ५३ वर्षीया महिलाको मृत्यु

उर्लाबारी –मोरङको सुन्दरहरैंचा नगरपालिका–६ की ५३ वर्षीया जीतमाया लिम्बूको पैनीमा डुबेर मृत्यु भएको छ । मादक पदार्थ सेवन गरेर घर नजिकैको पैनी () मा लडेकी लिम्बूको डुबेर मृत्यु भएको हो । 

पैनीमा लडेपछि उठ्न नसकेकी लिम्बूको पानीमा डुबेर मृत्यु भएको अवस्थामा आज बिहान शव फेला परेको प्रहरीचौकी गछियाले जनाएको छ । मादक पदार्थ सेवन गरेर मङ्गलबार साँझ घर फर्कदै गर्दा लडेर पानी बगिरहेको पैनीमा खसेको प्रहरी नायब निरीक्षक रामकाजी कटवालले बताए ।

शव परीक्षणका लागि उर्लाबारीस्थित मङ्गलबारे अस्पतालमा राखिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्