प्रधानमन्त्रीले जवाफ नदिएसम्म हामी लखेटिरहन्छौं : गगन थापा [भिडियो कुराकानी]

सुशील पन्त
सुशील पन्त

लोकान्तरका समाचार सम्पादक सुशील पन्त समसामयिक राजनीति र संसदीय मामिलामा कलम चलाउँछन् । 

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगन थापाले सभामुख कृष्णबहादुर महराले ‘संसदीय भाषामा’ गल्ती स्वीकारेका कारण आफूहरू सदन सुचारु गर्न सहमत भएको बताएका छन् । तर प्रधानमन्त्री केपी ओलीसँग आफूहरूले संसद्मा प्रश्न गर्न भने बाँकी नै रहेको उनको भनाइ छ ।

‘हामीहरूलाई प्रश्न गर्न नदिनु गल्ती थियो भनेर सभामुखले रियलाइज गरेर सरकारलाई रुलिङ गरेपछि हामी सदन सुचारु गर्न राजी भएका हौं,’ संसदीय दलको कार्यालयमा बिहीवार लोकान्तरसँगको कुराकानीमा गगनले भने । 


Advertisement

सांसद थापाले पुस २२ गते प्रधानमन्त्रीले संसद्मा गरेको सम्बोधनका विषयमा आफूहरूका दर्जनौं प्रश्न रहेको बताए । ‘प्रधानमन्त्रीले राखेका जतिपनि विषय छन्, हाम्रा दर्जनौं होइन सयौं प्रश्न छन् । तथ्याङ्कमा प्रश्न छन् । तथ्याङ्कमा मात्र होइन प्रधानमन्त्रीको बुझाइमा पनि प्रश्न छन् । प्रधानमन्त्रीले नेपालको अवस्था जसरी बुझ्नु भएको छ, उहाँ नेपालमै हुनुहुन्न जस्तो भयो । नेपालमा के भइरहेको छ भन्ने नै उहाँलाई थाहा छैन जस्तो देखियो,’ थापाले लोकान्तरसँग भने । 

कांग्रेसले गठन गर्ने छायाँ मन्त्री मण्डलमा आफ्नो रुचि अर्थ या कृषि मन्त्रालयमा रहेको उनले बताए । 

कांग्रेसले संसद्मा अब के एजेण्डा उठाउँछ ? डा. गोविन्द केसीलाई लिएर राजनीति गरिरहेको भन्ने आरोपमा गगनको जवाफ के छ ?

हेर्नुहोस्, भिडियो कुराकानी :

कमेन्ट गर्नुहोस्