×

NMB BANK
NIC ASIA

सिटिजन्स बैंकको प्रदेश ३ को प्रादेशिक कार्यालय काठमाडौंको डिल्लीबजारमा

पुस २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पुस २६ गते प्रदेश नम्बर ३ को प्रादेशिक कार्यालय आफ्नै सुविधा सम्पन्न भवन काठमाडौंको डिल्लीबजारमा उद्घाटन गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

एक भव्य समारोहबीच बैंकका सञ्चालक समितिका अध्यक्ष डा. शंकरप्रसाद शर्माले ताम्रपत्र अनावरण गरी प्रादेशिक कार्यालयको उद्घाटन गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश नम्बर ३ अन्तर्गत काठमाडौं उपत्यकाभित्र २६ र उपत्यका बाहिर ८ वटाबाट गरी ३४ वटा शाखाबाट व्यापार विस्तारका साथसाथै शाखासँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाईजस्ता कार्यहरू प्रादेशिक कार्यालयले छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने विश्वास बैंकले लिएको छ ।


Advertisment
Nabil box
Kumari

प्रदेश नम्बर ३ मा रहेका १४ जिल्लामध्ये ९ वटा जिल्लामा बैंकको पहुँच रहेको छ । प्रदेशमा बैंकले करीब २ लाख ६० हजार ग्राहकलाई  बैंकिङ सेवा प्रदान गर्दै आएको छ । प्रदेश न ३ मा बैंकले करिव ५७ अर्ब निक्षेप परिचालन गरी  ४५ अर्ब कर्जा प्रवाह गरेको छ ।

Vianet communication
Laxmi Bank

नेपालको संविधान २०७२ ले नेपाल राज्यको संरचना ः संघ, प्रदेश र स्थानीय गरी तीन तहमा हुने व्यवस्था गरेको छ । यी तीन तहको सहकारिता, सह–अस्तित्व र समन्वयको सिद्धान्तलाई आत्मसाथ गर्दै प्रादेशिक कार्यालयको स्थापना गरिएको हो ।

यस अगावै बैंकले प्रादेशिक कार्यालयहरु प्रदेश नं १ को विराटनगरमा, प्रदेश नं २ को बीरगंजको आदर्शनगरमा, प्रदेश नं ४ को पोखराको सिमलचौरमा, प्रदेश नं ५ को नेपालगंजमा, र प्रदेश नं ६ को सुर्खेतमा, प्रदेश नं ७ को धनगढीमा स्थापना गरिसकेको छ । नियमनकारी निकायको निर्देशनलाई शिरोधार्य गर्दै बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।

नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पु¥याँउदैै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिव चार लाख  ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटीएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिनेजस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x