
वीरगञ्ज– पशुपती शिक्षा मन्दिर आदर्शनगर वीरगञ्ज गङ्गा आरती प्रशिक्षण सम्पन्न भएको छ । गङ्गा आरती प्रशिक्षण गत बिहीवार भएको आयोजकले जानकारी दिएको छ ।
गङ्गा आरती प्रशिक्षणमा १५ जानाको सहभागिता रहेको थियो ।
प्रशिक्षणको समापन कार्यक्रममा प्रमुख अतिथि वीरगञ्ज माहानगरपालिकाका मेयर बिजय सरावगी र उद्योगी तथा बरिष्ठ समाजसेवी एवंम गङ्गा आरती प्रशिक्षण मुल आयोजक समितिका अध्यक्ष अशोक बैद्यको बिशिष्ट आतिथ्यता रहेको थियो ।
त्यस्तै समाजका अन्य बिशिष्ट समाजसी हरुको उपस्थिति रहको समेत आयोजकले जानकारी दिएको छ ।
कार्यक्रमका बिशिष्ट अतिथि अशोक वैद्यले भारत देखि गङ्गा आरती प्रशिक्षण दिन भारतको बनारसबाट आएका गुरुहरु अभिषेक मिश्र र शौरभ गङ्गा पुजारीलाई नेपाली ढाका टोपी र खादा ओढाएर विशेष सम्मान गरेका थिए ।
प्रशिक्षण प्राप्त गरेका व्यक्तिहरुले आगामी फागुन देखि वीरगञ्ज घडिअर्वामा गङ्गा आरती सुरु गर्ने आयोजक शशिकान्त मणि त्रिपाठीले जानकारी दिए ।