फागुन २७, २०८०
अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो । गतवर्ष प्रदर्शनमा...
काठमाडौं — सन् २०१६ मा भारतीय सेनाले पाकिस्तानको आतंकवादी ठेगानामा गरेको सर्जिकल स्ट्राइकमा आधारित फिल्म उरी शुक्रवार सार्वजनिक भएको छ । कश्मीरमा रहेको उरी बेस क्याम्पमा भारतीय सैनिकहरूमाथि गरिएको आतंकवादी आक्रमणको बदला लिनका लागि यो सर्जिकल स्ट्राइक गरिएको थियो ।
उक्त अपरेसन टीमको नेतृत्व विहान सिंह शेरगिल (विक्की कौशल) ले गरेका छन् र उनी देशभक्ति र व्यक्तिगत कारणबाट प्रेरित छन् ।
निर्देशक आदित्य धरले शुरूआतमा विहानको चरित्रलाई स्थापित गरेका छन् । विहान एक बहादुर र आफ्नो इकाइका प्रिय सैनिक हुन् । विहान सैन्य कारवाहीबाट टाढिने निर्णय गर्छन् किनकि उनी अल्जाइमरबाट पीडित आफ्नी आमासँग केही समय बिताउन चाहन्छन् ।
उनका साथी तथा बहिनी ज्वाईं क्याप्टेन करण कश्यप (मोहित रैना) चाहिँ सबै चुनौतीको सामना गर्नका लागि अघि बढ्छन् । अनि विहान चाहिँ निजी जीवनमा हुने घटनाको दुःखद मोडको सामना गर्नुपरेपछि सर्जिकल स्ट्राइकमा भाग लिएर सीमामा डटिन्छन् ।
यस मिसनका लागि विशेष रूपले छानिनुका अलावा उनले सहायताका लागि दुई महिला पल्लवी शर्मा (यामी गौतम) र जसकीरत (कीर्ति कुल्हारी) को साथ पनि पाउँछन् । अपरेसनका मास्टरमाइन्ड हुन् प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा
सल्लाहकार गोविन्द (परेश रावल) । परेश रावलले अजित डोभाल जस्तो देखिनका लागि मेहनत गरेका छन् र राम्रो अभिनय गरेका छन् । दिग्गज अभिनेता रजित कपूर प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिकामा छन् ।
निर्देशक धरले युद्धका दृश्यहरूलाई यथासम्भव यथार्थवादी बनाएका छन् । एक्सन दृश्यहरू टाइट राखिएका छन् र तिनले दर्शकलाई बाँधेर राख्छन् । केही दृश्य एकदमै गजबका छन् र दर्शकहरू पर्दाबाट आँखा हटाउनै सक्दैनन् ।
फिल्मको पहिलो हाफ शानदार छ तर दोस्रो हाफले निराश पार्छ किनकि त्यो प्रेडिक्टेबल लाग्छ र कसिएको कथानकबाट भट्किन्छ ।
फिल्मले युद्धको खतराप्रति जागरुक गराउँछ र यही नै यसको प्लस पोइन्ट हो ।
मेजरको भूमिकामा विक्की कौशल शानदार छन् । उनले स्पष्ट रूपमा भूमिकामा फिट हुनका लागि आफूलाई निखारेका छन् र उनी यो रोलका लागि सही अभिनेता ठहरिन्छन् । कमजोर स्थितिमा हुँदाहुँदै पनि उनको दृढताले
उनको चरित्रको आन्तरिक शक्तिलाई दर्शाउँछ ।
मोहित रैनाले पनि आफ्नो भूमिकालाई न्याय गरेका छन् । यामी र कीर्तिलाई फिल्ममा खासै भूमिका दिइएको छैन तर आआफ्नो पात्रमा उनीहरू फिट छन् ।
फिल्म हेर्ने नै सल्लाह दिइन्छ किनकि ड्रोनसहित आधुनिक युद्ध हतियारसँग परिचित भएपछि पनि एक्सन दृश्यले मोहित गर्छन् । सर्जिकल स्ट्राइक गरिएको रात सीमामा वास्तवमा के भएको थियो भन्ने फिल्मले देखाउँछ ।
सैनिकहरूले दिनदिनै भोग्नुपर्ने वास्तविक खतराको मसिनो वर्णन फिल्मले गरेको छ ।
फिल्म : उरी
कलाकार : विक्की कौशल, परेश रावल, मोहित रैना, यामी गौतम, कीर्ति कुल्हारी
निर्देशक : आदित्य धर
विधा : एक्सन
अवधि : २ घन्टा ७ मिनेट
रेटिङ : ३.५/५
दैनिक भास्करमा प्रकाशित समीक्षाको भावानुवाद
अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो । गतवर्ष प्रदर्शनमा...
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...
वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...
दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...