×

Nic Asia
Dabur
Prabhu Bank

स्वास्थ्यकर्मीको धर्नास्थल बनेपछि सुरक्षा घेरामा स्वास्थ्य मन्त्रालय !

काठमाडाैं | पुस २७, २०७५

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

काठमाडौं – सिंहदरबारबाहिर रहेकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जनताको सहज पहुँचमा रहेको मन्त्रालयको रूपमा चिनिन्थ्यो । जनताको सहज पहुँचमा रहेको स्वास्थ्य मन्त्रालय, स्वास्थ्यकर्मीको धर्नास्थल बन्न थालेपछि अहिले कडा सुरक्षा घेरामा छ ।

yONNEX
Frooti
Appy

संघीयता अनुसार ल्याइएको नयाँ संगठन संरचनाको विरोध गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरू मन्त्रालयभित्रै धर्ना जुलुस र नाराबाजी गर्न थालेपछि स्वास्थ्य मन्त्रालयले मंगलवारदेखि सुरक्षा व्यवस्थामा कडाइ गरेको हो । 


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

स्वास्थ्यमर्कीहरूको आन्दोलन चर्किन थालेपछि मन्त्रालयमा २५ भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । 

यसअघि सहज रूपमा स्वास्थ्य मन्त्रालयमा आवजजावत गर्ने व्यवस्था रहेपनि अहिले मन्त्रालयको गेटमा सुरक्षाकर्मीले परिचय पत्र हेरेर मात्र प्रवेश दिने गरेका छन् ।


Advertisment
Lokantar App
Saurya island

मन्त्रालयमा धर्ना, जुलुस र होहल्ला बढ्दै गएकाले सुरक्षा व्यवस्थामा कडाइ गरिएको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए ।

उनले भने, ‘मन्त्रालय धर्ना जुलुस गर्ने ठाउँ त होइन नि ! जो पनि मन्त्रालयभित्र जाने, धर्ना र जुलुस गर्ने क्रम बढेपछि सुरक्षा व्यवस्था कडा परिएको हो ।’

JYOTI
Vianet communication

कर्मचारी समायोजन प्रक्रियामा असन्तुष्टि जनाउँदै  सरकारी चिकित्सक संघ नेपाल (गोदान) ले सोमवारदेखि नै बिहान १० देखि ११ बजेसम्म स्वास्थ्य संस्थामा आकस्मिक सेवा बाहेकका सेवा बहिष्कार गरी आन्दोलन गरिरहेको छ ।

कर्मचारी समायोजनमा स्वास्थ्यका कर्मचारीलाई विभेद गरिएको भन्दै गोदानसँगै आयुर्वेदका विभिन्न संगठनहरू, नेपाल चिकित्सक संघ, स्वास्थ्य क्षेत्रका ८ वटा ट्रेड युनियनहरू, हेल्थ असिस्टेन्ट संघ, विभिन्न रोग विशेषका प्राविधिक जनशक्तिका रूपमा रहेका सुपरभाइजर, अनमी लगायतका स्वास्थ्यकर्मी आन्दोलित छन् ।  

स्वास्थ्यकर्मीहरू आन्दोलित हुँदै स्वास्थ्य मन्त्रालय घेराउ गर्न थालेपछि स्वास्थ्य संस्थाको सेवा प्रवाहमा असर पर्न थालेको छ । 

वार्ता कमिटी गठनको तयारी

आन्दोलनरत स्वास्थ्यकर्मीसँग वार्ता गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार वार्ता कमिटी गठन गर्ने भएको छ ।

संघीयता अनुसार कर्मचारी समयोजन प्रक्रियामा  स्वास्थ्यकर्मीको दरबन्दीको विषयलाई लिएर चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आन्दोलित बनेपछि स्वास्थ्य मन्त्रालयले वार्ता कमिटी बनाउन लागेको हो ।

देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आन्दोलित हुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या देखिन थालेपछि स्वास्थ्य मन्त्रालयले सरकारी वार्ता टोली गठन गरी समस्या समाधानको पहल गर्न लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । 

‘स्वास्थ्यकर्मीहरू आन्दोलित हुँदा देशभर सेवा प्रवाहमा असर परेको छ, त्यसैले आइतवार सरकारी वार्ता कमिटी बनाइँदै छ,’ प्रवक्ता श्रेष्ठले लोकान्तरसँग भने, ‘मन्त्रीज्यू प्रदेशतिर हुनुहुन्छ, उहाँ फर्कनुभएपछि वार्ता कमिटी बन्छ र छलफल हुन्छ ।’ 

वार्ताको माध्यमबाट समाधान निस्किने उनको विश्वास छ ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ १५, २०८०

सांसदलाई विकासको ठेकेदार बनाएको भन्दै आलोचना भएको सांसद विकास कोष सरकारले ब्युँताएको छ । प्रत्यक्ष निर्वाचित प्रत्येक सांसदले ५ करोड खर्च गर्न पाउनेगरी सरकारले बजेटमा सांसद विकास कोष ब्युँताएको हो ।  ...

जेठ १५, २०८०

गाँजा खेतीको पक्षमा निरन्तर वकालत गरिरहेका एमाले नेता शेरबहादुर तामाङले सरकारले बजेटमा यस बारेमा गरेको व्यवस्थाको स्वागत गरेका छन् ।  उनले भने, ‘गाँजा खेतीको वैधानिकतामा पहिलो खुट्किलो, म खु...

जेठ १५, २०८०

प्रतिपक्षी दल नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले बजेटले मुलुकको अर्थतन्त्रका समस्यालाई देख्न नसकेको प्रतिक्रिया दिएका छन् ।  सङ्घीय संसद्बाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्द...

जेठ १५, २०८०

सरकारले ६ महिनाभित्र सरकारी कार्यालयमा बेवारिस रहेका सवारीसाधनको लिलामी गर्ने घोषणा गरेको छ ।  संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले बेवारिस...

जेठ १५, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ १७ देखि २० गतेसम्म हुने भारत भ्रमणबारे संसद्‍लाई जानकारी गराएका छन् ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट प्रस्तुत गरेपछि बसेको बैठकमा प्रधानमन्...

जेठ १५, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले स्थानीय सरकारसँगको समन्वयमा बागमती र विष्णुमती लगायत नदी किनारामा रहेका अनाधिकृत बसोबास हटाउने भएको छ ।  आगामी आर्थिक वर्षको बजेट प्र...

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

जेठ १५, २०८०

आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

जेठ १४, २०८०

सामान्यतया  रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार  भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...

भ्रष्टाचारका ‘नायक’, खलनायक र निर्देशकहरूका नाममा

भ्रष्टाचारका ‘नायक’, खलनायक र निर्देशकहरूका नाममा

जेठ १२, २०८०

हाम्रो सडकमा सधैँ एउटा नारा गुञ्जिरह्यो, ‘भ्रष्टाचारीलाई फाँसी दे !’ यो नारा सडकले त सुन्यो, तर सदनले कहिल्यै सुनेन । सर्वसाधारण जनता आजित भएर भ्रष्टाचारीलाई ‘मारिदे’ भनेका हुन् । नागर...

ad
x