×

NMB BANK
NIC ASIA

परिवर्तनलाई दिगो बनाउन साहित्यलाई केन्द्रबिन्दुमा राख्नुपर्ने

पुस २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक र साहित्यको सम्बन्धले मात्र समाजमा रुपान्तरण गर्न सकिने बताउनुभएको छ । 

Sagarmatha Cement
Muktinath Bank

आज यहाँ भगवती ढुङ्गेलद्वारा लिखित उपन्यास ‘प्रेमिल’ को विमोचन गर्दै उहाँले राजनीतिले गर्ने समाजको रुपान्तरणमा साहित्यले पनि सहयोग गर्ने बताउनुभयो । साहित्यद्वारा अभिप्रेरित कुरालाई राजनीतिले दिशाबोध गर्ने उहाँको भनाइ थियो । “राजनीति गर्न कला आवश्यक हुन्छ, जनतालाई आफ्ना कुरा अपिल गर्नका लागि राजनीतिक दलले कलालाई प्रयोग गर्नुपर्छ,” अध्यक्ष दाहालले भन्नुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनताले भोगको दुःख र सुखलाई साहित्यकारुपमा राजनीतिक दलले समेटनु पर्नेमा उहाँले जोड दिनुभयो । नेपालको राजनीतिक आन्दोलन गीत, कविताजस्ता साहित्यबाट हुने गरेको भन्दै उहाँले नेपालमा विभिन्न समयमा भएका आन्दोलन सफल बनाउन साहित्यको ठूलो भूमिका रहेको बताउनुभयो । 


Advertisment
Nabil box
Kumari

अध्यक्ष दाहालले राजनीतिक परिवर्तनलाई दिगो बनाउन साहित्यलाई केन्द्रबिन्दुमा राख्नुपर्नेमा जोड दिनुभयो । “मानिसको सोच र आचरण निर्माणमा साहित्यले भित्रैदेखि नै तरङ्गीत पार्ने तथा उक्त तरङ्गले राजनीतिक चेतना ल्याउँछ,” उहाँले भन्नुभयो । उहाँले पुस्तकमा साहित्यकारले गतिशील समाज निर्माणकाबारेमा उल्लेख गरेको बताउनुभयो । 

Vianet communication
Laxmi Bank

समाज कल्याण परिषद्का उपाध्यक्ष निर्मलमणि बरालले साहित्यले समाजको चित्रण गर्दै अग्रगति दिनुपर्ने बताउनुभयो । कार्यक्रममा गीतकार कृष्णहरि बराल, साहित्यकार कृष्ण धरावासी, लक्ष्मी दाहाल, थापाथली इञ्जिनीयरिङ क्याम्पसका क्याम्पस प्रमुख जनार्दन भट्टलगायतले अहिले भइरहेको सामाजिक यथार्थलाई लेखिकाले उपन्यासमा चित्रण गरेको बताउनुभयो । लेखिका ढुङ्गेलले समाजमा नारी र पुरुषबीचको सम्बन्धलाई उपन्यासमा उल्लेख गरिएको बताउनुभयो । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

कात्तिक १४, २०८०

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको दोस्रो खेलमा घरेलु टोली नेपालले मलेसियाविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । मंगलबार दिउँसो कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर ब्याटिङ रोजेर...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

मंसिर २०, २०८०

मलेसियामा आयोजना भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका १२ वर्षीय आरुष भट्टराईले ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’अवार्ड जितेका छन् । नेपालको प्रतिनिधित्व गर्दै मलेसिया पुगेका उनले विभिन्न देशक...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x