२६ जेठ २०८३, मंगलबार

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मार्च पास

कात्तिक २०, २०७४
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मार्च पास

काठमाडौँ, २५ फागुन - १०७ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज सामाखुसी चोकदेखि माछापोखरी चोकसम्म मार्च पास गरिएको छ ।KTM_170308IMG_9044 (1)

सकारात्मक विकास सञ्चार केन्द्र, सुस्मिता फाउन्डेसन, युथ एड्भोकेसी नेपाल, प्रगतिशील महिला समाजलगायत आधा दर्जन सङ््घ संस्थाको सहभागितामा मार्चपास गरिएको हो ।

मार्चपास कार्यक्रमपछि बोल्नु हुँदै नेकपा (एमाले)का सांसद शेरबहादुर तामाङले संविधानले महिलाको हकअधिकारलाई प्रसस्त मात्रामा समेटेको भन्दै संविधान कार्यान्वयन गरेमात्र महिलाको हकअधिकार स्थापित हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख महिला हुनु संविधानको उपलब्धि हो ।”

उहाँले आधा जनसङ्ख्या रहेको महिला विस्तारै राज्यको प्रमुख निकायमा पुगेको भन्दै महिला आफ्नो अधिकारका लागि पछाडि हट्न नहुने बताउनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्