चैत ६, २०७९
क्यान्सर शरीरको जुनसुकै अंगमा हुन सक्छ । र, जुनसुकै उमेरका मानिसमा पनि हुन सक्छ । यसैले यस रोगबारे सधैँ सचेत हुन आवश्यक हुन्छ । क्यान्सरबाट बच्नका लागि यस्ता खाद्यपदार्थको प्रयोग गर्नु लाभदायक हुन्छ : लसुनमा भ...
काठमाडाैं | माघ १, २०७५
काठमाडौं– असाधारण व्यवहार देखाइरहेका एक युवकलाई लिएर उनका आमाबुवा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ)को मानसिक स्वास्थ्य विभागमा पुगे । विभागका प्रमुख एवं वरिष्ठ मनोचिकित्सक डा. सरोज वझाले ती युवकको अवस्था नियाले । लामो समय लागूपदार्थ दुर्व्यसनीमा फसेका ती युवकमा मानसिक रोगको लक्षण देखियो ।
‘मेरोमा आएको त्यो युवकलाई मानसिक रोग नै देखिन थालिसकेको थियो । लामो समय दुर्व्यसनीमा फसेको रहेछ । जब आमाबुवाले थाहा पाए तबसम्म निकै ढिला भइसकेको थियो,’ डा. वझाले लोकान्तरसँग भने, ‘आमाबुवाले थाहा पाउँदा त ऊ एक्लै बोल्ने, कसैले उसलाई पिछा गरेजस्तो सोच्ने, कोही मान्छे बोलेजस्तो सुन्ने, डराउने, भाग्ने, रक्सी चुरोट खाने, पाए ड्रग्स खाने समाजबाटै बाहिरिन खोजिसकेको अवस्थामा थियो ।’
डा. वझाले परामर्शसँगै औषधोपचार शुरू गरे । परामर्श दिने क्रममा थाहा भयो, ती युवक दुर्व्यसनीमा फसेर मानसिक सन्तुलन समेत गुमाउनुपर्ने अवस्थामा पुग्नुको कारण थियो आमाबुवाको सम्बन्धविच्छेद ‘डिभोर्स’ । उनलाई अस्पतालसम्म ल्याउने आमाबुवा डिभोर्स गरिसकेका पूर्व दम्पती थिए ।
आमाबुवाको डिभोर्सले बने मानसिक रोगी
ती युवकका आमाबुवा दुवैले पीएचडी उपाधि होल्डर हुन् । शिक्षित र क्षमतावान् भएकाले आमा शिक्षण पेशामा थिइन्, बुवाको आफ्नै बिजनेश थियो ।
काठमाडौंमा घर, दुई छोरासहित ४ जनाको छरितो र शिक्षित परिवार थियो । पतिपत्नी नै सक्षम भएकाले उनीहरूले छोराहरूलाई आर्थिक अभावको महसूस समेत हुन दिएनन् । तर समयसँगै पतिपत्नीबीच बेमेलको अवस्था आयो । उनीहरूबीच समझदारी हुन सकेन । अन्ततः डिभोर्स नै भयो ।
आमाबुवाको डिभोर्सपछि दुई छोरा कहिले आमाकोमा त कहिले बुवाकोमा बस्न थाले । किशोरावस्थामा रहेका उनीहरूलाई आर्थिक अभाव भने कहिल्यै भएन । तर बिछोडिएका आमाबुवाकोमा पालैपालो बसाईं सर्नु पर्दा आर्थिक सम्पन्नताले मात्रै उनीहरूको भविष्य उज्ज्वल हुन सकेन ।
आमाबुवाकै डिभोर्सका कारण राम्रो संस्कार र वातावरण नपाएपछि जेठो छोरा लागूपदार्थ दुर्व्यसनीमा फसे । उनले आमाबुवाको आँखा छलेर चुरोट, रक्सी र ड्रग्स समेत प्रयोग गर्न थाले ।
आमाबुवा आफ्नै काममा व्यस्त भए, छोरा लागूपदार्थ दुव्यसनीमा फसेका पत्तै पाएनन् । जब उनीहरूले आफ्नो छोरा दुर्व्यसनीमा फसेको थाहा पाए, त्यतिबेला निकै ढिला भइसकेको थियो । लागूपदार्थले गाँजेर मानसिक सन्तुलन नै गुमाउने अवस्थामा पुगेपछि उनीहरूले थाहा पाए । त्यसपछि दुवैजना छोरालाई लिएर अस्पताल पुगेका थिए ।
दुर्व्यसनीमा फसेर मानसिक सन्तुलन गुमाउन लागेको छोराको उपचारका लागि उनीहरूले हरसम्भव प्रयास गरे । तर आमा र बाबुसँगै रहँदा पाउनुपर्ने माया, हेरचाह र साथ नपाएका ती युवकलाई पैसाले मात्र बचाउन सकेन । मानसिक रोगको उपचार गराइरहेकै समयमा २४ वर्षको उमेर ती युवकले आत्महत्या गरे । उनको आत्महत्याको कारण बन्यो आमाबुवाको ‘डिभोर्स’ ।
आमाबुवाको डिभोर्सले बालमनोविज्ञानमा गम्भीर असर
आमाबुवाको डिभोर्सका कारण मानसिक समस्या भोग्ने बालबालिकाको संख्या बढ्दै गएको डा. वझा बताउँछन् ।
बालबालिकाको मनोविज्ञानलाई स्वास्थ्य रूपमा वृद्धि गर्न स्वस्थ्य भोजन, सुरक्षित वातावरणसँगै आमाबुवा र परिवारको माया पनि महत्त्वपूर्ण हुन्छ । डिभोर्स गरेका आमाबुवाको कारण छोराछोरीले मानसिक पीडा भोग्ने गरेको डा. वझा बताउँछन् ।
‘हरेक बालबालिका आमाबुवा दुवैको साथमा बस्न र रमाउन रुचाउँछन् । बालबालिकाको वृद्धि विकासको क्रममा आमाबुवा दुवैको साथ र मायाको जरुरत पर्छ,’ डा. वाझा भन्छन्, ‘तर पनि डिभोर्स गर्ने आमाबुवाका छोराछोरीले त्यो माया र साथ एकैठाउँमा पाउँदैनन्, जसले उनीहरूमा मनोवैज्ञानिक असर परिरहेको हुन्छ ।’
डिभोर्स गर्ने दम्पत्तीको सन्ततिमा उमेर अनुसार मानसिक असर देखिने डा. वझा बताउँछन् ।
‘७ देखि १६ वर्ष उमेरका बालबालिकाको साइकलोजी पनि विकास भइरहेको हुन्छ, त्यो अवस्थामा आमा र बुवा दुवैको हेरचाह र मायाको भूमिका महत्त्वपूर्ण हुन्छ,’ डा. वझा भन्छन्, ‘आमाबुवाको सम्बन्ध बिग्रँदा उनीहरूको जीवनमा नकारात्मक असर पर्छ । भविष्य बिग्रन सक्छ ।’
डिभोर्सीहरूमा पनि मानसिक समस्या
डिभोर्स गर्ने पतिपत्नीले बाहिर नदेखाएपनि भित्रभित्र भने तनावपूर्ण अवस्थाको सामना गरिरहेका हुन्छन् । नेपाली संस्कृति र परम्पराले नेपाली समाजमा डिभोर्सलाई सामान्य रूपमा लिइसकेको अवस्था छैन । त्यसैले डिभोर्स गर्ने पतिपत्नी र उनीहरूको परिवारमा मनोवैज्ञानिक प्रभाव पर्ने वरिष्ठ मनोचिकित्सक डा. वझा बताउँछन् ।
‘लाइफ पार्टनर भनेर सँगै जीवन बिताउने योजना बनाएको जोडीले डिभोर्स इच्छाले गरेको हुँदैन, विभिन्न कारणले विकल्प नै डिभोर्स भएर उनीहरू छुट्टिएका हुन्छन्,’ डा. वझा भन्छन्, ‘त्यसको प्रभाव दुवैमा पर्छ । सामाजिक, आर्थिक प्रभावमात्रै होइन लामो समयको सम्बन्ध बिग्रँदा उनीहरूमा मनोवैज्ञानिक असर पर्छ ।’
डिभोर्स गर्नेहरू नै पनि डिप्रेसनमा पर्ने, रक्सीको लत बस्ने लगायतका समस्या देखिने गरेको डा. वझाको भनाइ छ । उनी डिभोर्सलाई सहज विकल्पको रूपमा लिनुभन्दा सम्बन्ध सुधारमा जोड दिन सुझाव दिन्छन् ।
‘नेपालमा अहिले डिभोर्सको घटना बढेको छ । सम्बन्ध बिग्रँदा डिभोर्स नै समाधान भनेर निर्णय लिइहाल्नुहुँदैन,’ डा वझा भन्छन्, ‘यदि डिभोर्स नै विकल्प हो भने एकपटक आफ्नो छोराछोरीमा पर्न सक्ने असर र उनीहरूको भविष्यबारे पनि आमाबुवाले सोच्नुपर्छ ।’
क्यान्सर शरीरको जुनसुकै अंगमा हुन सक्छ । र, जुनसुकै उमेरका मानिसमा पनि हुन सक्छ । यसैले यस रोगबारे सधैँ सचेत हुन आवश्यक हुन्छ । क्यान्सरबाट बच्नका लागि यस्ता खाद्यपदार्थको प्रयोग गर्नु लाभदायक हुन्छ : लसुनमा भ...
काठमाडौं— अनारलाई सबभन्दा स्वास्थ्यवर्द्धक र पोषक तत्त्वले भरपूर फल मानिन्छ । स्वाद पनि यसको गजबको हुन्छ । टन्नै फाइबर, भिटामिन सी लगायतका तत्त्व हुनाले अनार दिनदिनै खानु राम्रो हुन्छ । यसले भुँडी ल...
कोरोना भाइरसको सक्रिय सङ्क्रमित फेरि बढ्न थालेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्ला केही दिनयता अहिले दैनिक सक्रिय सङ्क्रमित बढिरहेका छन् । फागुन २६ गतेदेखि सक्रिय सङ्क्रमित ...
२ दिने ‘साफिस इन्टरनेशनल इन्डोक्राइन सम्मेलन’ आजबाट काठमाडौंमा शुरू भएको छ । होटल हायातमा जारी सम्मेलनमा विभिन्न देशका अन्तराष्ट्रियस्तरका विज्ञ सहभागी छन् । साफिस दक्षिण एसिय...
लामो समयदेखि रोकिएको कोभिड प्रभावितको राहत रकमसम्बन्धी निर्णय लुम्बिनी प्रदेश सरकारले अगाडि बढाएको छ । लुम्बिनी प्रदेश सरकारले कोभिड पीडित परिवारलाई दिन बाँकी राहत रकम वितरण गर्ने निर्णय गरेको छ । यसअघि न...
कोरोना भाइरसका सक्रिय संक्रमित फेरि बढ्न थालेका पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पछिल्ला केही दिनयता दैनिक सक्रिय संक्रमित बढिरहेका छन् । फागुन २६ गतेदेखि सक्रिय संक्रमित दैन...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...